श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं : साफ महिला च्याम्पियनसिपमा श्रीलंकालाई २-० ले पराजित गर्दै नेपाल समूह ‘ए' को विजेताको रूपमा सेमिफाइनल खेल्ने भएको छ।

गोवाको जवारलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले पहिलो हाफमा रश्मी कुमारी घिसिङको गोलबाट अग्रता बनाएको थियो। दोस्रो हाफमा कप्तान रेनुका नगरकोटीले गोल गर्दै नेपालको सेमिफाइनल यात्रा सुनिश्चित गरेकी हुन्। 

१२ औं मिनेटमा नेपालका लागि रश्मि कुमारी घिसिङले वान बाई वानको स्थितीमा पनि गोल गर्न सकिनन्। डि बक्स बाहिरबाट रेनुका नगरकोटीले निकालेको उत्कृष्ट पासमा रश्मिले गोलकिपरलाई बिट गर्दै हानेको प्रहार पहिलो बारको निकै नजिकबाट बाहिरियो।

२० औं मिनेटमा मिना देउवाले दायाँतर्फबाट दिएको क्रसमा रश्मि घिसिङको हेडर बल सिधा श्रीलंकाकी गोलकिपरको हातमा पर्यो। ४० औं मिनेटमा नेपालकी कप्तान रेनुका नगरकोटीले डी बक्स बाहिरबाट हानेको प्रहार पोष्ट माथिबाट बाहिरियो। ४२ औं मिनेटमा दिपा शाहीको कर्नरमा रश्मिको हेडर फेरी बाहिरियो। 

पहिलो हाफमा ४ मिनेटको समय थप गरिएको थियो। जसको तेस्रो मिनेटमा नेपालका लागि रश्मि कुमारी घिसिङले गोल गरेकी हुन्। रेखा पौडेलले दायाँबाट दिएको पासलाई रश्मिले डी बक्स भित्रबाट उत्कृष्ट फिनिस गरेकी हुन्। ६०औं मिनेटमा कप्तान रेनुका नगरकोटीले आफ्नो कौशल अपनाएकी थिइन् उनले डिबक्स बाहिरबाट हानेको प्रहार पहिलो बार हुँदै बाहिरियो। 

६२ औं मिनेटमा उनले डिफेन्डरलाई बिट गर्दै हानेको लामो  प्रहार गोल भएको हो। खेलको ६३ औं मिनेटमा मिना देउवालाई प्रतिस्थापन गर्दै अनिता लम्जेल मैदान प्रवेश गरेकी थिइन्। 

७१ औं मिनेटमा दिपा शाहीलाई प्रतिस्थापन गर्दै बिर्सना चौधरीले राष्ट्रिय टिमबाट डेब्यु गरेकी छन्।‌ यू २० टिम कि कप्तान समेत रहेकी बिर्सनाले सिनियर टिममा डेब्यु गरेकी हुन्।  ७१ औं मिनेटमा नेपालले कर्नरबाट आएको बललाई सदुपयोग गर्न सकेन। गीता राना मगरले हानेको हेडल पोस्ट माथिबाट बाहिरियो।

खेलको ७६ औं मिनेटमा रेखा पौडेलले दिएको क्रसमा रश्मीकुमारी घिसिङले हानेको प्रहार किपरले फर्काइदिन्। खेलको अन्तिम मिनेटसम्म पनि नेपालले स्कोरको प्रयास गरिरहेको थियो। नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई १-० ले हराएको थियो। समूह चरणको दुवै खेल जित्दा नेपालले ६ अंक बटुल्दै समूह ए को विजेता बनेको हो। 

नेपाल सेमीफाइनलमा भारत अथवा बंगलादेशमध्ये एक टिमसँग खेल्नेछ। नेपालले समूह बीको उपविजेतासँग नेपालले सेमीफाइनलमा भेट गर्नेछ। त्यो भने आजै हुने भारत र बंगलादेश बीचको खेलपछि टुङ्गो लाग्नेछ। नेपालले जुन ३ मा हुने सेमिफाइनल मध्ये पहिलो सेमिफाइनल खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.