कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वोदय परियोजनासँगको सहकार्यमा दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछाडि परिएका समुदायमा २५ थान सेतो छडी वितरण गरेको छ।

दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित तथा सम्मानजनक आवागमनमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सिएसआर प्रमुख सुशिल पौडेलले दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी वितरण गरेका थिए। कार्यक्रममा बैंकका अनुपालना विभाग प्रमुख खुमनाथ भुसालको समेत उपस्थिति रहेको थियो। 

दृष्टिविहीन व्यक्तिहरूका लागि सेतो छडी केवल हिँडडुल गर्ने साधन मात्र नभई आत्मनिर्भरता, सुरक्षा र आत्मविश्वासको महत्वपूर्ण आधार हो। विशेषगरी आर्थिक रूपमा कमजोर तथा अवसरबाट बञ्चित समुदायका दृष्टिविहीन व्यक्तिहरूका लागि यस्ता सहयोगले दैनिक जीवनलाई सहज बनाउन तथा समाजमा सक्रिय सहभागिता जनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकका ब्रान्डिङ तथा सिएसआर प्रमुख पौडेलले व्यक्त गरेका छन्। सेतो छडीले दृष्टिविहीन व्यक्तिहरूको जीवनस्तर सुधार, सामाजिक समावेशीकरण तथा स्वतन्त्र जीवनयापनलाई प्रोत्साहन गर्ने लक्ष्य सर्वोदय परियोजनाका सौगात वाग्लेले व्यक्त गर्रेका छन्। 

कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सिएसआर प्रमुख पौडेलले दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बैंकले यस्ता कार्यक्रमहरुमार्फत आत्मविश्वास र सामाजिक समावेशितामा सकारात्मक योगदान पुग्ने विश्वास लिएको जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.