टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु
सुन्नुहोस्

झापा : झापाको गौरादहमा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार मंगलबार राति करिब ८ः२० बजे गौरादह–१ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक पाडाजुगी–गौरीगञ्ज भित्री सडक खण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ११८८ नम्बरको टिपरले साइकल यात्री गुरागाईँलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरागाईको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि दमक अस्पताल पठाइएकोमा उपचारकै क्रममा राति ८ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि टिपर चालक गौरादह–१ निवासी ३५ वर्षीय उमेश ताजपुरिया र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.