एक खर्ब बढीको मुद्दा र 'म पनि पर्छु कि' भन्ने भयले सेयर बजार उठ्न सकेन : अर्थमन्त्री

एक खर्ब बढीको मुद्दा र 'म पनि पर्छु कि' भन्ने भयले सेयर बजार उठ्न सकेन : अर्थमन्त्री
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएको उतारचढावबारे सरकारको धारणा स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक ऐन, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पुँजी बजारमा देखिएको अस्वाभाविक गतिविधिमाथि अनुसन्धान भइरहेको र त्यसले केही लगानीकर्तामा त्रास सिर्जना गरेको हुनसक्ने बताए।

उनले हाल एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग गर्दै मुद्दा दायर भएको प्रकरणको केन्द्रमा क्यापिटल मार्केट,इन्स्योरेन्स र सेक्युरिटीज क्षेत्र रहेको उल्लेख गर्दै विगतदेखि भित्रभित्रै विकृत बनेको अवस्थालाई सरकारले कानुनी दायरामा ल्याउने काम गरिरहेको बताए।

'पुँजी बजारमा ठूलो विचलन आएको कुरा सबैलाई थाहा छ। एक खर्बभन्दा बढी बिगो मागेर मुद्दा चलिरहेको छ। यसको केन्द्रविन्दुमा हाम्रो क्यापिटल मार्केट, इन्स्योरेन्स स्टक र सेक्युरिटीज थिए। देशै हल्लाउने खालको विचलन भयो। भित्रभित्रै मक्किसकेको अवस्थालाई हामी ट्र्याकमा ल्याउँदैछौं,'उनले भने।

अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा आफू पनि अनुसन्धानमा पर्न सकिन्छ भन्ने डर केही लगानीकर्तामा देखिएको हुन सक्ने उनको भनाइ छ। अर्थमन्त्री वाग्लेले सरकारले इमान्दारपूर्वक व्यवसाय गर्ने,राज्यलाई नियमित कर तिर्ने र उत्पादन तथा उद्योगमा लगानी गर्ने व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले बजेट ल्याएको जिकिर गरे।

उनले सरकारको ध्यान अल्पकालीन बजार उतारचढावभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित रहेको स्पष्ट पारे। उनले भने,'हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं। हामी युगौंसम्म प्रभाव पार्ने दूरगामी नीतिमा काम गरिरहेका छौं।'

उनले सरकारले सुशासन,पारदर्शिता र वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै अर्थतन्त्रलाई दिगो रूपमा मजबुत बनाउने नीति अवलम्बन गरेको पनि औंल्याए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.