तेस्रो सहभागितामा पहिलो जित

तेस्रो सहभागितामा पहिलो जित

पेरिस: युरोकप फुटबल प्रतियोगिताको आइतबार राति भएको खेलमा पोल्यान्डले उत्तरी आयरल्यान्डलाई १-० गोलले पराजित गरेको छ।
 
पोल्यान्डको जितमा आर्काडियुज मिलिकले निर्णायक गोल गरे । करिब ३४ हजार दर्शकमाझ खेलिएको उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर समूह 'सी' अन्तर्गतको उक्त खेलको ५१ औं मिनेटमा मिलिकले आकर्षक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए।
 
युरोकप फुटबलमा पोल्यान्डले हात पारेको यो नै पहिलो जित हो। युरोकपमा पोल्यान्डको यो लगातार तेस्रो सहभागिता हो। यसअघिका दुई संस्करणमा पोल्यान्डले एक खेल पनि जित्न सकेको थिएन।
 
पहिलो पटक युरोकप खेलिरहेको उत्तरी आयरल्यान्डले पोल्यान्डलाई गतिलो चुनौती दिए पनि ठूला प्रतियोगितामा अनुभवको निकै कमी स्पष्ट देखिन्थ्यो । खेलका क्रममा पोल्यान्डले पनि गोल गर्ने थुप्रै गतिला अवसरलाई सदुपयोग गर्न सकेन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.