हाइटीलाई हराउँदै इक्वोडर क्वाटर फाइनलमा
काठमाडौं: हाइटीलाई चार गोलको फराकिलो अन्तरले पराजित गर्दै इक्वोडर कोपा अमेरिकाको अन्तिम आठ अर्थात क्वाटर फाइनलमा प्रवेश गरेको छ।
समूह बी बाट क्वाटर फाइनल पुग्ने क्रममा इक्वोडरका लागि खेलको ११ औं मिनेटमा इन्नर भ्यालेन्सियाले नोबोआको पासमा खाता खोले।
त्यस पछाडि खेलको २० औं मिनेटमा इन्नर भ्यालेन्सिको पासमा ज्याम अयोभीले गोल गर्दै अग्रता दोब्बर बनाए। २९ औं मिनेटमा फ्रिक्सोन एराजोले गरेको प्रहार पोस्टमा लाग्दै फर्कियो।
पहिलो हाफमा २-० को अग्रता लिएको इक्वोडरले दोस्रो हाफमा थप दुई गोल थप्यो। उसका लागि ५७ औं मिनेट क्रिस्टिन नोबोआले तेस्रो गोल गर्न सफल भए।
हाइटीलाई घर फर्काउने क्रममा इक्वोडर त्यतिमै मात्र रोकिएन। उसका लागि इन्नर भ्यालेन्सियाको पासमा ७८ औं मिनेटमा लुइस भ्यालेन्सियाले अर्को गोल थप्दै ४-० को जित सुनिश्चित गरे। पेरुसँगै समूह बी मा रहेको ब्राजिलको ४ अंक रहेको छ। अहिले पेरुले अहिले ब्राजिलसँग प्रतिस्पर्धा गरिहेको छ।
आज बिहान भइरहेको पेरुसँगको खेलमा पराजित भएमा ब्राजिल ब्राजिल घर फर्कनेछ। यदि पेरुलाई पराजित गरेको अवस्थामा भने ब्राजिल क्वाटर फाइनलमा पुग्ने छ।तर खेलको ८० औं मिनेट सकिँदा पेरुले अग्रता लिएको छ। यस्तो अवस्थामा समूह बी बाट क्वाटर फाइनलमा पेरु र इक्वोडर पुग्ने छन्।