१३ वर्षीया बालिकाको बिहे ३३ वर्षीयसँग
![१३ वर्षीया बालिकाको बिहे ३३ वर्षीयसँग](https://annapurnapost.prixacdn.net/media/albums/576150704ba370.88076322_RL9MAHbper.jpg)
काठमाडौं: बालिकासँग बिहे गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय भोजपुरको टोलीले एक युवालाई पक्राउ गरेको छ ।
जिल्लाको छिनामखु गाविस-८ निवासी १३ वर्षीया बालिकालाई फकाएर बिहे गरेको अभियोगमा दलगाउँ गाविस-4 का ३३ वर्षीय डिकबहादुर भुलेज पक्राउ परेका हुन् ।
जेठ २८ गते १३ वर्षीया ती बालिकालाई फकाएर बिहे गरी लगेको उजुरी स्थानीयबसीले दिएपछि बालिकासहित डिकबहादुर पक्राउ परेका हुन् ।
बालिकालाई जबरजस्ती बिहे गराइदिन मतियार भएको अभियोगमा प्रहरीले छिनामखु गाविस-८ बस्ने २३ वर्षीया सम्झना भुजेललाई पनि पक्राउ गरेको छ ।
उनीहरु दुबैविरुद्ध बाल विवाह मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरू गरिएको जिप्रका भोजपुरले जनाएको छ ।
पीडित बालिकालाई भने प्रहरीले उनका बाबुआमाको जिम्मा लगाएर घर पठाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)