उपराष्ट्रपतिको स्वागतमा प्रधानमन्त्री विमानस्थलमा

उपराष्ट्रपतिको स्वागतमा प्रधानमन्त्री विमानस्थलमा

काठमाडौँ: उपराष्ट्रपति नन्दबहादुर पुन चीनको सात दिवशीय भ्रमण पूरा गरी बिहीबार अपराह्न स्वदेश फर्किएका छन् ।

युनान प्रान्तको राजधानी कुनमिङमा आयोजित चौथो चीन-दक्षिण एसिया मेला र २४औँ चीन कुनमिङ आयात निर्यात व्यापार मेलामा भाग लिएर पुन स्वदेश फर्किएका हुन् ।
 
उपराष्ट्रपतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।


उपराष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा उपप्रधानमन्त्री कमल थापा, सूचना तथा सञ्चार मन्त्री शेरधन राई र गृहमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित थिए ।

त्यसैगरी, उपराष्ट्रपतिको स्वागत गर्न मुख्य सचिव सोमलाल सुवेदी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उपस्थित थियो ।

उपराष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.