खनाल र पुन सशस्त्रको एआईजीमा बढुवा

खनाल र पुन सशस्त्रको एआईजीमा बढुवा

काठमाडौ: सशस्त्र प्रहरी बलका डिआइजी शैलेन्द्र खनाल र जीतबहादुर पुन सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा भएका छन ।

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले खनाल र पुनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह सचिव नारायण गोपाल मलेगो अध्यक्ष रहेको वढुवा समितिले वैशाख २४ गते खनाल र पुनलाई वढुवा गर्न सिफारिस गरेका थियो ।

वढुवा समितिले गरेको निर्णयविरुद्ध डिआइजीद्वय पुष्पराम केसी र उत्तम खडकाले पुनरावलोकनको माग गदै उजुरी समितिसमक्ष उजुरी गरेका थिए । उजुरी समितिले खनाल र पुनको वढुवा सिफारिस कानुनसम्मत भएको भन्दै वढुवा समितिको सिफारिसलाई सदर गरेको थियो ।

 

पुनरावलोकनका लागि सँगै उजुरी समिति गएका केसी र खडकामध्ये खडकाले समितिको निर्णय समेत चित्त बुझ्दो नभएको भन्दै वढुवाको सिफारिस कार्यान्वयन नगर्न भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

अदालतले खड्काले मागेजस्तो अन्तरिम आदेश दिन नपर्ने भनेपछि खनाल र पुनको बाटो खुलेको थियो ।

डिआईजी केसीले उजुरी समितिको निर्णय स्वीकार्दै आफुले आर्जन गरेको व्यवयायिक छवीको जगेर्ना गर्दै भावि पुस्तामा पर्न सक्ने नकरात्मक सन्देश प्रति संवेदनशिल भएर सर्वोच्च अदालत गएनन । पद प्राप्ति भन्दा पनि संगठनको व्यवसायिकतालाई प्रमुख प्राथामिकता ठान्दै डिआइजी केसी अदालत नगएको र उनलाइ अदालत नजान संगठनले समेत सुझाएकाले उनी अदालत नगएको केसी निकटस्थ एक एआइजीले अन्नपुर्णलाई वताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.