ओबामालाई दलाई लामाले भने,‘स्वतन्त्र तिब्बत मागेको छैन

ओबामालाई दलाई लामाले भने,‘स्वतन्त्र तिब्बत मागेको छैन

वासिङटन: तिब्बती आध्यात्मिक नेता दलाई लामाले चीनबाट स्वतन्त्र तिब्बतको माग आफूले नगरेको बताएका छन् । उनले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामासँग ह्वाइट हाउसमा बुधबार भएको भेटमा यस्तो बताएका छन् ।

उनले यस विषयमा चीनसँग छिटै वार्ता हुने पनि खुलासा गरेका छन् । अमेरिकी राष्ट्रपतिका प्रवक्ताले नोबेल पुरस्कार विजेता ओबामा र दलाई लामाबीच भेट भएको पुष्टि गरे । दुई नेताबीचको भेटले तिब्बतप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन नआउने उनको भनाइ छ ।

ह्वाइट हाउसका प्रेस सचिव जोस अर्नेस्टले पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रपति बाराक ओबामाले आफ्नो आठ वर्षे कार्यकालमा चौथोपटक दलाई लामालाई भेट्नु भएको छ । म फेरि दोहोर्याउन चाहन्छु, तिब्बतका विषयमा अमेरिकी नीतिप्रति कुनै पनि परिवर्तन आएको छैन ।'


ओबामाले ८० वर्षीय आध्यात्मिक नेता दलाई लामासँग ह्वाइट हाउसको ऐतिहासिक म्याप रूममा भेट गरेका थिए ।

उनीहरूको भेटका समयमा भने सञ्चारकर्मीलाई जानकारी दिइएको थिएन ।

तिब्बती आध्यात्मिक नेता लामाले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग वार्ताका क्रममा चीनबाट स्वतन्त्र तिब्बतको आफूले माग नगरेको बताएको ह्वाइट हाउसले उद्धृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.