यस्तो छ संविधान कार्यान्वयनको कार्ययोजना

यस्तो छ संविधान कार्यान्वयनको कार्ययोजना

काठमाडौंः सरकारले भाषा आयोग गठनदेखि संसदको निर्वाचन गर्नेसम्मको संविधान कार्यान्वयनको विस्तृत कार्ययोजना तयार गरेको छ ।

मन्त्रिपरिषदको विहीवारको बैठकले डेढ वर्षभित्र स्थानीय, प्रदेश र संसद गरि तीनवटा निर्वाचन गर्ने लगायत संविधानले तोकेका कामको योजनावद्ध कार्ययोजना तयार पारेको कानूनमन्त्री अग्नि खरेलले अन्नपूर्ण पोष्टलाई जानकारी दिए ।

उक्त कार्ययोजना संसदमा पेश गर्ने निर्णय भएको पनि मन्त्री खरेलले जानकारी दिए ।
सरकारले आगामी मंसिरमा अन्तरिम स्थानीय तहको निकाय,जेठमा प्रदेशसभा र २०७४ कात्तिक÷मंसिरमा केन्द्र संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को निर्वाचन गर्ने कार्ययोजना बनाएको छ ।

संसदको कार्यकाल ०७४ माघ ७ गते सम्म मात्र रहेकाले त्यस अगावै तीनवटा निर्वाचन गर्ने सरकारको कार्ययोजना बनाएको हो । स्थानीय निकायको निर्वाचन मंसिरमा गर्ने भनिएपनि राजनीतिक सहमति भने जुटन सकेको छैन ।

‘स्थानीय निकायको पुनःसंरचनासम्वन्धी आयोगलाई आगामी साउनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । त्यसो भयो भने ३ महिना तयारी गरेर मंसिरमा निर्वाचन गराउन सकिन्छ भन्ने सरकारको कार्ययोजना छ,’ मन्त्री खरेलले भने ।

सत्तासीन एमाओवादी, विपक्षी कांग्रेस लगायत मधेस केन्द्रित दलले भने स्थानीय निकायको चुनावको विपक्षमा छन । स्थानीय तहको निर्वाचन सम्वन्धी विधेयकहरु संसदबाट चाँडो भन्दा चाँडो पारित गराउने सरकारको योजना छ । सरकारको कार्ययोजनामा आगामी साउनभित्र भाषा आयोग, स्थानीय तहको निर्वाचन र न्याय प्रशासनसम्बन्धी ऐन पारित गरि प्रदेशको सीमाङ्कनका लागि सुझाव लिन संघीय आयोग गठन गर्ने उल्लेख छ ।

 

हाल बजेट अधिवेशन भएपनि विभिन्न ऐनहरु पारित गर्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री खरेलले भने,‘संविधान कार्यान्वयन सबै दलको साझा लक्ष्य रहेकाले ऐन पारित गर्न सबैको सहयोग रहने सरकारको विश्वास छ ।’

न्याय सेवाको काम,कर्तव्य र अधिकारको सम्वन्धमा संशोधन र एकिकरण तथा न्याय प्रशासन सम्वन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक सरकारले संसदमा दर्ता गरिसकेको छ ।

भदौभित्र उच्च अदालत गठन गर्ने, असोजभित्र संवैधानिक निकाय र आयोगका कानुन बनाउने, कात्तिकमा संघीय संसद्को निर्वाचन क्षेत्र निर्धारण आयोग र संवैधानिक निकाय गठन गर्ने तथा मंसिरमा स्थानीय निर्वाचन सम्पन्न गर्ने सरकारको कार्ययोजना छ ।

सरकारले हालका १६ वटा पुनरावेदन अदालतको सट्टा ७ प्रदेशमा सात वटा उच्च अदालत गठन गर्ने प्रस्ताव गरेको छ । संघीय संसदको निर्वाचन क्षेत्र निर्धारण आयोगले माघमा आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने कार्ययोजनामा उल्लेख छ ।

राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजनासम्बन्धी कानुन २०७३ पुसभित्र संसदबाट पारित गराउने सरकारले योजना छ ।

केन्द्रीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) तथा प्रदेश सभाको निर्वाचन सम्वन्धी कानुन पनि पुसभित्र पारित गरी निर्वाचनको तयारी गर्ने सरकारको योजनामा उल्लेख छ ।

आगामी चैतभित्र प्रदेश प्रमुखको नियुक्ति र प्रदेशका अस्थायी राजधानी तोक्ने कार्ययोजना सरकारले बनाएको छ । जेठमा प्रदेशको चुनाव गर्ने र केन्द्र संसदको निर्वाचन २०७४ कात्तिक÷मंसिरसम्म गर्ने सरकारको कार्ययोजना रहेको मन्त्री खरेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.