संघीय प्रहरी संरचना-केन्द्र महानिर्देशकलाई चार तारा प्रस्ताव

संघीय प्रहरी संरचना-केन्द्र महानिर्देशकलाई चार तारा प्रस्ताव

काठमाडौं: संघीय संरचनाअनुसार प्रहरी संगठनको पुनर्संरचनाको खाका बनाउन क्रियाशील कार्यदल प्रहरी मुख्यालयले दिएको सुझावबाट आश्चर्यमा परेको छ । मुख्यालयको सुझाव संविधानविपरीत रहेको कार्यदलको भनाइ छ ।

संविधानमा राज्यशक्ति बाडँफाँटअनुसार प्रदेश अधिकारको प्रयोग संविधान र प्रदेश कानुनबमोजिम हुने उल्लेख छ । तर मुख्यालयको सुझावमा प्रदेश प्रहरीले गर्ने सरुवा, बढुवा र भर्नाप्रक्रिया केन्द्र प्रहरीले गर्न पाउनुपर्ने उल्लेख छ ।

मुख्यालयले प्रदेशमा महानिरीक्षक प्रावधान राखेपछि केन्द्रमा महानिर्देशकको चार तारा हुनुपर्ने सुझाव कार्यदललाई दिएको छ । सेनाजस्तै गाडीमा चार तारा लगाएर महानिर्देशकले प्रयोग गर्न पाउनुपर्ने सुझाव उसको छ । प्रदेशमा महानिरीक्षक राखिए पनि उसको अधिकार डीआईजीको जत्तिकै रहने गरी व्यवस्था गर्न कार्यदल लागेको छ ।

मुख्यालयले संघीय प्रहरीलाई गृह मन्त्रालय मातहतबाट हटाएर नेपाल सरकारको मातहत राख्नुपर्ने उल्लेख छ ।

‘प्रहरी मुख्यालयको नियत राम्रो देखिएन । सुझावमा स्वेच्छाचारिता बढी देखियो । प्रहरी संगठन संविधानअनुसार चल्ने संगठन भएकाले स्वतन्त्र हुन खोज्नु राम्रो होइन । हामीले उहाँहरूका सुझाव हेयौं । पालना गर्नुपर्छ भन्ने छैन', कार्यदलका एक सदस्यले अन्नपूर्णसँग भने ।

मुख्यालयले अध्यागमन, यातायात र कारागार प्रहरीको जिम्मा दिनुपर्ने सुझाव दिएको छ ।


कार्यदलका संयोजक एवं पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाले प्रहरी मुख्यालयबाट आएको सुझावबारे कार्यदलले ‘होमवर्क' गरिरहेको बताए । उनले भने, ‘मुख्यालयले सुझाव दियो, सबै पालना गर्नुपर्छ भन्ने छैन । विकल्पहरू सोच्न सकिन्छ ।'

कार्यदलले प्रदेश प्रहरीमा सम्बन्धित प्रदेशकै स्थायी बासिन्दा रहेका प्रहरी कर्मचारीलाई खटाउने विकल्प अगाडि सारेको छ ।

प्रहरी प्रवक्ता डीआईजी माधव जोशीले कार्यदलले प्रहरीको धारणा मागेपछि संगठनले सुझाव दिएको बताए । उनले भने, ‘कार्यदलले धारणा मागेपछि प्रहरीले आफ्नो धारणा राख्न पायो । कार्यान्वयन गर्ने कि नगर्ने कार्यदलको काम हो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.