सजिलै रोक्न सकिन्छ आत्महत्या

सजिलै रोक्न सकिन्छ आत्महत्या

डा. दीपप्रकाश मल्ल

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर बढी आत्महत्याका घटना हुने मुलुकमध्ये नेपाल सातौं स्थानमा पर्छ । महिलाको आत्महत्याका घटनालाई मात्रै हेर्ने हो भने हामी संसारमै तेस्रो स्थानमा पर्छौं । नेपालमा १५-४९ वर्ष उमेर समूहका महिलाको असामयिक मृत्युको प्रमुख कारण नै आत्महत्या हो ।

हेर्दा जीवनमा सफलता पाइरहेका र सामाजिक मानप्रतिष्ठा प्राप्त व्यक्तिहरूसमेत आत्महत्याको चंगुलमा पर्ने गरेका पाइन्छन् ।

उदाहरणका रूपमा हामी गायक अमी वाइनहाउस, नायक रविन विलियम्स्, नायिका जियाह खान, पूर्वयुवराजा राजा दीपेन्द्र, उदीयमान नेपाली चलचित्र सम्पादक÷निर्देशक आलोक नेम्बाङ र सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेती आदिको आत्महत्यालाई लिन सकिन्छ ।

किन गरे यिनीहरूले आत्महत्या ? आत्महत्या गर्नुका मुख्यमुख्य कारण के के हुन् ? के आत्महत्याका सबै कारण एकै होलान् त ?

बढ्दो उमेरसँगै आत्महत्याको सम्भावना पनि बढ्दै गएको देखिन्छ । पुरुषमा ४५ वर्षको उमेरपछि उक्त सम्भावना बढ्दै जान्छ भने महिलामा ५५ वर्षको उमेरपछि सम्भावना बढ्दै गएको तथ्यांक छ । तर, आजकाल आत्महत्याका घटना किशोरकिशोरी उमेर समूहमा पनि बढेको देख्छौं । नेपालको तथ्यांकअनुसार हरेक दिन, एकजनाले आत्महत्या गरेको पाइन्छ ।

पुरुष र महिलामा दाँजेर हेर्ने हो भने महिलाले पुरुषभन्दा आत्महत्याको प्रयास-कोसिस तीनचारपटक बढी नै गरेको देखिन्छ । तर, उनीहरूमा आत्महत्याले गर्दा मृत्यु नै हुने दरचाहिँ पुरुषको दाँजोमा कम हुन्छ ।

पुरुष र महिलामा दाँजेर हेर्ने हो भने महिलाले पुरुषभन्दा आत्महत्याको प्रयास-कोसिस तीनचारपटक बढी नै गरेको देखिन्छ । तर, उनीहरूमा आत्महत्याले गर्दा मृत्यु नै हुने दरचाहिँ पुरुषको दाँजोमा कम हुन्छ । पुरुषमा महिलाभन्दा आत्महत्याका कोसिसहरू कम भए पनि उनीहरूमा आत्महत्याका कारणले मृत्यु हुने दर बढी देखिन्छ ।

महिलाले आत्महत्या गर्न खोज्दा प्रायःले हातको नसा काट्न खोज्ने, प्यारासिटामोलजस्ता औषधि अत्यधिक मात्रमा एकैचोटी खाइदिने, घरमा रहेका डिटोल वा फिनेल सेवन गरी आत्महत्याको कोसिस गरेको पाइन्छ ।

पुरुषले भने घरबाट हामफाल्ने, घाँटी काट्ने वा झुन्डिने र नदीमा हामफाल्ने जस्ता डरलाग्दा माध्यमबाट आत्महत्या गर्ने कोसिस गर्ने भएकाले उनीहरूमा मृत्यु हुने सम्भावना बढी हुन्छ ।

कुनै पनि आत्महत्याको कारण, घटना वा कोसिसलाई राम्ररी बुझ्नुपर्ने हुन्छ । ती कुरामध्ये महत्वपूर्णचाहिँ आत्महत्या गर्दाखेरीको मृत्यु हुनसक्ने सम्भावना कत्तिको थियो भनी बुझ्नुपर्ने हुन्छ । त्यसैबमोजिम आत्महत्या गर्ने प्रक्रियालाई प्राणघाती र घातकरहित भनेर दुई थरीमा विभाजन गर्न सकिन्छ।

केही गरी आत्महत्या गर्न खोज्दा उसले पहिलदेखि सोचेर आत्महत्या गर्ने दिन र समय सोचेको, पूर्व रूपमा योजना बनाएको, आत्महत्याका लागि मर्ने सामान र व्यवस्था तयार पारेको, आत्महत्या गर्नुअगाडि आत्महत्याको अभिव्यक्ति, चिठी वा कुनै पनि सन्देश (एसएमएस, फेसबुक पोस्टिङ आदि) मार्पmत व्यक्त गरेको, आफन्तसँग माफी वा बिदा मागेको, आत्महत्या गर्नुअगाडि ढोका बन्द गरेको, घरमा कोही नहुँदा आत्महत्या गर्न खाजेको वा टाढा अर्थात् मानिस नभएको ठाउँमा गई आत्महत्या गर्न खोजेको छ भने यसलाई प्राणघाती किसिमको आत्महत्या मानिन्छ ।

यस्तो अवस्थामा उसलाई आत्महत्याको प्रयासबाट तुरुन्त बचाउन सकेमा २४ घन्टाको निगरानीमा राखी उपचार गराउनु जरुरी हुन्छ । यस्तो परिस्थितिमा आत्महत्या गर्न खोजेको व्यक्तिले फेरि आत्महत्या गर्न खोज्ने डर भइरहन्छ। त्यस्तो व्यक्तिलाई परामर्शमात्र नभएर कहिलेकाहीँ औषधि सेवनसहितको बृहत् उपचार प्रणाली अत्यावश्यक हुनसक्छ ।

घातकरहित आत्महत्याचाहिँ रिसको आवेगमा आएर गरिने आत्महत्याको कोसिस हो । यो प्रायः किशोरकिशोरी उमेरमा देखिन्छ । यसमा प्रायःजसो आफ्ना अभिभावकले गाली गर्दा, आमाले पिट्दा, परीक्षामा अनुत्तीर्ण हुँदा, आफ्नो केटा÷केटी साथीसँग झगडा पर्दा, आदि कारणहरू पाइन्छन् ।

रिसको आवेगमा गर्न खोजिने आत्महत्याका घटनाहरू यसरी पनि घट्छन् । यस्तो किसिमको प्राणघाती आत्महत्याको कोसिस त्यति डरलाग्दो नभए पनि तुरुन्तै रोगीलाई मनोचिकित्सकको परामर्श जरुरी हुन्छ ।

रोगीको मनमा रहेको दुःख, पीडा वा कुनै पनि समस्यालाई व्यक्त गराएर, सम्झाएर, बुझाएर आत्महत्या गर्ने कोसिसबाट बचाउनुपर्ने हुन्छ । रिसको आवेगमा गरिने यस्तो प्रकारको आत्महत्याको कोसिसमा रिसलाई मत्थर पार्ने कार्यबाट रोगीको उत्तेजनात्मक वा आवेशनात्मक व्यवहारलाई नियन्त्रण गर्न सकिन्छ ।

यस्ता आत्महत्याको कोसिस गर्नेहरूमा कुनै किसिमको व्यक्तिगत मनोशारीरिक, मनोवैज्ञानिक गडबडी पनि पाइनसक्छ । यस्ता व्यक्तिहरूलाई पनि औषधिका साथसाथै नियमित मनोचिकित्सकहरूको परामर्श अत्यन्त फलदायी हुनसक्छ ।

आत्महत्या गर्नुको मुख्य कारण भने सबैको समान हुँदैन । कसैले घरायसी तनावको कारण, कसैले सम्बन्धविच्छेदका कारण, आर्थिक समस्याका कारण आत्महत्या गर्न खोज्छन् भने कसैले अन्य कारणबाट आत्महत्या गर्न खोज्छन् । तर अनुसन्धानले ९० प्रतिशतभन्दा बढी आत्महत्याको प्रमुख कारण मनोरोग देखाएको छ । मनोरोग भन्नाले निराशापन, मादक पदार्थको अत्यधिक सेवन, कडा किसिमको मानसिक विचलन÷मानसिक बेचैनी आदि पर्छन् ।

तीमध्ये सवैभन्दा प्रमुख कारण निराशापन हो । निराशापन भनेको पागलपन होइन । जनमानसमा अभैm पनि यो गलत धारणा छ । निराशापन भनेको एक किसिमको मनोरोग हो, जसमा मानिसको मन प्रायः निराश भइरहन्छ । ऊ जहिले पनि थकित रहिरहन्छ । केही काम-कुरामा मन लाग्दैन । खुसी महसुस गर्दैन । एकान्तमा बस्न रुचाउँछ । मनमा सधैं नकारात्मक अथवा पीर चिन्ताका कुराहरू खेलिरहन्छ । निद्रा लाग्दैन । खान रुच्दैन । शारीरिक तौल घट्छ । यौन इच्छामा कमी आउँछ । वा इच्छा नै हराउँछ । चाँडै बिर्सिने, काम कुरामा ध्यान नजाने हुन्छ ।

कसैकसैलाई विभिन्न खालका शारीरिक लक्षणहरू जस्तै— दीर्घकालीन रूपमा टाउको दुखिरहने, जीउ कट्कट् खाने, हातखुट्टा झमझमाउने, अस्वाभाविक रूपमा चिसोतातो महसुस हुने, मुटु ढुकढुक गर्ने, सास लिन अप्ठ्यारो हुने, डर लाग्ने, छट्पटिने अर्थात् विभिन्न किसिमका शारीरिक लक्षण भए पनि त्यसको शारीरिक रोगको कारण नदेखिने÷वा पत्ता नलाग्ने हुन्छ ।

सबै रगत, पिसाबको जाँच र भिडियो एक्स–रेमा केही खराबी नदेखिनु तर शारीरिक लक्षण रहिरहनु मानसिक समस्या वा मनोरोगको कारण हो ।

निराशापन हुनुपछाडि पनि विभिन्न किसिमका तनावका कारण हुनसक्छन् । जस्तै— श्रीमान्/श्रीमतीबीचको भैmझगडा, प्रेमीप्रेमिकाबीचको बिछोड, श्रीमान्ले अत्यधिक मात्रमा रक्सी÷मादक पदार्थ सेवन गरेर झगडा गर्ने, दोस्रो विवाह गरेको वा श्रीमतीलाई लुकाएर अर्को सम्बन्ध राखेको, वैदेशिक रोजगारबाट तनाव, अंशबन्डाको झगडा, सासूबुहारी बीचको झगडा, आर्थिक कारोबारमा क्षति, ठूलो रकम ढुकुटीमा वा व्यवहारमा फसेको, परीक्षा उत्तीर्ण गर्न नसकेको आदि थुप्रै सामाजिक, व्यावहारिक, आर्थिक तथा व्यक्तिगत तनावका कारणले निराशापन बढ्ने हुन्छ ।


निराशापनको उपचार ठीक समयमा उचित तरिकाले गरेमा आत्महत्याका कोसिसहरूलाई धेरै हदसम्म घटाउन सकिन्छ । ठीक तरिकाको परामर्श, मनोशारीरिक परामर्श र जरुरी परेमा उचित औषधोपचारका माध्यामबाट समयमै उपचार गर्न सकेमा आत्महत्याको संख्यालाई बृहत् रूपमा घटाउन सकिन्छ ।

परिवारका सदस्यहरूले पनि बेलैमा निराशापनका लक्षणहरूलाई चिनेर, आफ्ना आफन्तहरूमा वा घरका कुनै पनि सदस्या ती लक्षण देखिएमा तुरुन्तै मनोचिकित्सकसँग परामर्श लिई बिरामीलाई सल्लाह, सुझाव, हौसला र उत्प्रेरणा आदि दिएर सकारात्मक बाटोमा ल्याउन भूमिका खेल्नुपर्छ ।

तर, किशोरकिशोरीमा भने निराशापनको उपचार साधारण परामर्शबाट पनि गर्न सकिन्छ भन्ने तथ्य हामीले भुल्नु हुँदैन । बिरामीले पनि आफ्नो व्यक्तिगत तनावका बारेमा समयमै मनोचिकित्सकसँग खुलस्त छलफल गर्ने गर्दा भने गलत कदम चाल्नुबाट बची आफू, आफ्नो परिवार र समाजलाई नै बचाउन सकिन्छ।

अहिले प्रवेशिका परीक्षाको नतिजा आएको समय छ । कतिपय किशोरकिशोरी परीक्षामा असफल पनि होलान् । आवेशमा आएर आत्महत्या गर्ने प्रयास गर्लान्। त्यसतर्फ सम्बन्धित अभिभावक चनाखो हुनु अत्यन्त जरुरी छ । एकपटक असफल हुँदैमा जीवनै असफल हुने होइन । मेहनतपूर्वक तयारी गरेमा जस्तोसुकै परीक्षा पनि पार गर्न सकिन्छ । त्यसमा कुनै द्विविधा छैन । यो कुरा बुझ्न र बुझाउन जरुरी छ ।

–लेखक नर्भिक इन्टरनेसनल हस्पिटलका मनोरोग विशेषज्ञ तथा परामर्शदाता हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.