एमाले निकट निजामती संगठनको बैठकमा कुटाकुट
![एमाले निकट निजामती संगठनको बैठकमा कुटाकुट](https://annapurnapost.prixacdn.net/media/albums/5763bce27b1085.85730038_TDXg16bOAz.jpg)
काठमाडौँ: एमाले निकट निजामती कर्मचारी संगठनको बैठकमा कुटाकुट भएको छ ।
नेतृत्व विवादका कारण शुक्रबारको बैठकमा केही कर्मचारी नेताले संगठनका अध्यक्ष पुन्य ढकालमाथि हातपात गरेपछि बैठकमा कुटाकुट भएको हो ।
साताअघिमात्र सम्पन्न निर्वाचनबाट निर्वाचित नेतृत्वमा विवाद भएपछि बैठकमै कुटाकुट भएको हो । बैठकमा हातपातपछि बैठक स्थगित भएको अध्यक्ष ढकालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
‘केही साथी आक्रोशित हुनुभयो । उहाँहरुले ममाथि हातपातको कोशिस गर्नुभयो,' अध्यक्ष ढकालले भने, ‘तर, अहिले स्थिति शान्त भइसकेको छ ।'
नेतृत्वका विषयमा छलफलका लागि संगठनको बैठक अर्को दिन बस्ने ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)