र्याम्पमा तीन हिरोइन
काठमाडौं (अन्नपूर्ण) : नेपाली चलचित्रमा ग्ल्यामरस छवि बनाएका तीन अभिनेत्री प्रियंका कार्की, मलिना जोशी र माला लिम्बू एकै र्याम्पमा देखिने भएका छन।
दरबारमार्गस्थित भिक्ट्री लन्ज एन्ड बार स्थापनाको एक वर्ष पूरा भएको अवसरमा शनिबार हुने 'भिक्टोरियन्स नाइट्स' नामक फेसन सोमा मनिष राई, खुसी भेटवाल र खुस्बु रानाले तयार पारेका पहिरनका साथी तीन अभिनेत्रीले सो स्टपरका रूपमा र्याम्प नाप्न लागेका हुन्।
सोको शुभारम्भ भने आयुष्मान देशराज जोशी र अर्पणा उपाध्यायले गर्ने आयोजकले जनाएको छ।
संगीत, फेसन र नृत्यको फ्युजनका रूपमा लिइएको यस कार्यक्रममा फेसन सोको कोरियोग्राफी विपेन माइक गुरुङले गरेका छन् भने याशु खड्काले साल्सा नृत्य प्रस्तुत गर्ने भएका छन्।
धरानस्थित 'हाम्रो डान्स घर'को विशेष नृत्य प्रस्तुति रहने कार्यक्रममा धर्मेन्द्र सेवानले गीत गाउनेछन्।