काठमाडौँमा इनार सफा गर्ने क्रममा लडेर मृत्यु
काठमाडौँः काठमाडौँको बिजुली बजारमा इनार सफा गर्न जाने क्रममा एकजनाको लडेर मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख नारायण चिमोरियाका अनुसार रामेछापको मजुवा गाविस ४ घर भएका ४९ वर्षीया अर्जुन बुढाथोकीको इनार सफा गर्न जाने क्रममा लडेर मृत्यु भएको हो ।