बाउन्सरबाट मैदानमै ढले अर्का क्रिकेटर

बाउन्सरबाट मैदानमै ढले अर्का क्रिकेटर

एजेन्सी: पछिल्लो केही समयदेखि मैदानमै क्रिकेट खेलाडीहरु घाइते हुने क्रम बढ्दै गएको छ ।

क्रिकेटको मैदानमा फेरि एक पटक अर्का खेलाडी घाइते भएर ढलेका छन् । बंगलादेशका एक अन्तर्राष्ट्रिय खेलाडी चोटग्रस्त भएका हुन् ।

ब्याटिङका क्रममा ब्याट्सम्यान सुहरावर्दी सुबोको गर्दनमा बाउन्सरले लागेको हव । बाउन्सर गर्दनमा बजारिएपछि उनी तत्कालै जमीनमा ढलेका थिए ।

बंगलादेशको राजधानी ढाकामा ५०-५० ओभरको प्रतियोगिता ढाका प्रिमियर लिग (डीपीएल) भइरहेको छ । यही प्रतियोगिता अन्तर्गत भिक्टोरिया स्पोर्टिङ्ग क्लब र अभाहानी लिमिटेडबीचको खेलका क्रममा यो घटना भएको हो ।

अभाहानी लिमिटेडका तीब्र गतिका बलर तस्किन अहमदको बलबाट अचानक बाउन्सर निस्केपछि भिक्टोरिया स्पोर्टिङ्ग क्लबका ब्याट्सम्यान सुहरावर्दी सुवोको गर्दनमा लागेको हो ।

अचानक बाउन्स भएपछि सुवोले यसबाट बच्ने कोशिस गरेका थिए । तर जोगिँदा जोगिँदै उनी बाउन्सरको शिकार भए । बाउन्सरले उनको गर्दनमा कडा तरिकाले लागेको थियो ।

चोट लागेपछि हतार हतार उनलाई अस्पताल पठाइयो बंगलादेश क्रिकेट बोर्डका मुख्य चिकित्सक देबाशीष चौधरीले क्रिकेट वेबसाइट क्रिकइन्फोलाई बताएअनुसार सुवोलाई नजिकैको एपोलो अस्पताल पठाइएको छ । त्यो अस्पतालमा उनको एमआरआई स्क्यान गरिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

बंगलादेश क्रिकेट बोर्डका मुख्य फिजिसियन डाक्टर देबाशीष चौधरीले सुबोले ब्याटिङका क्रममा सुरक्षाका लागि हेलमेट लाएका थिएनन् ।

'उनको अवस्था अहिले सुधार भइसकेको छ। तर शिरको चोट भएकाले अस्पतालमा उपचार जारी छ', उनले भने, 'उनीमाथि अघिल्लो २४ घन्टासम्म चिकित्सकले निगरानी गर्नेछन् ।एक पटक स्क्यान भएपछि स्थितिबारे पुरै पत्ता लाग्नेछ। यदि उनले हेलमेट लगाएको भए यो घटना हुने थिएन ।

 

यो घटना भिक्टोरिया स्पोर्टिङ्ग क्लबको पारीको २५ औं ओभरमा भएको हो । यो ओभर बंगलादेशका अन्तर्राष्ट्रिय तीब्र गतिका बलर तस्किन अहमदले बलिङ गरिरहेका थिए । २१ रन बनाएर खेलिरहेका सबोले तस्किनलाई सामना गरिरहेका बेला अचानक बाउन्सर आइलागेको थियो ।

बाहिरबाट हेर्दा बलमा उछाल भएको नदेखिएपनि सुवोले बाउन्स लिए तर त्यसको मापन गर्नै सकेन् ।

समाचार अनुसार सुबोको स्वास्थ्य परीक्षण तत्काल गरिएको थियो चारवटा मध्ये तीनवटामा उनको उनको अवस्था खतरामुत्क्त भएको आएको थियो ।

तर उनको आँखामा लाइट लगाएर हेर्दा पनि उनो आँखाले भने कुनै प्रतिक्रिया दिएको छैन । सुबोलाई अहिले उपचार गराइरहेको अस्पताल स्टेडियमबाट १२ किलोमिटर टाढा रहेको छ ।

क्रीजमा ढलेपछि क्षेत्ररक्षण गर्नेवाल अभाहानी टीमका खेलाडी तत्कालै मैदान छिरेरका थिए । त्यो बेला उनी आफ्नो आँखा चिम्लेर बसेका थिए ।

सुबो बंगलादेश टीमका एक अन्तर्राष्ट्रिय अलराउन्डर हुन् । उनले अहिलेसम्म एक टेस्ट र एक टी-20 समेत 17 वान डे म्याच खेलिसकेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.