लुकाकु चम्केपछि बेल्जियमको पहिलो जित
![लुकाकु चम्केपछि बेल्जियमको पहिलो जित](https://annapurnapost.prixacdn.net/media/albums/57656f83a73d42.41534754_9sKyiSDxOn.jpg)
काठमाडौंः फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिता अन्तरगत आज साँझ भएको खेलमा बेल्जियमले पहिलो जित निकालेको छ ।
रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले रिपब्लिक अफ आयरल्यान्डलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
समूह ई मा रहेको बेल्जियम पहिलो खेलमा इटालीसँग हारेको थियो । दोस्रो खेलमा जित निकालेपछि बेल्जियमले अन्तिम १६ मा प्रवेशको सम्भावनालाई जीवितै राखेको छ ।
बेल्जियमलाई जिताउने क्रममा ४८ र ७० मिनेटमा गोल गरे । बेल्जियमका लागि अर्को गोल विस्टेलले गरेका थिए । यो समूहबाट इटाली अन्तिम १६ मा पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)