पेनाल्टीमा चुके रोनाल्डो, पोर्चुगल अफ्ठेरोमा

पेनाल्टीमा चुके रोनाल्डो, पोर्चुगल अफ्ठेरोमा

काठमाडौंः युरोकप फुटबल प्रतियोगिता अन्तरगत आइतबार बिहान भएको खेलमा अस्ट्रियासँग गोलरहित बराबरी खेलेपछि पोर्चुगल अफ्ठेरोमा परेको छ ।

समूह ‘एफ’ मा रहेको पोर्चुगल आइसल्यान्डविरद्धको पहिलो खेलमा १–१ गोलको बराबरीमा रोकिएको अवस्थामा दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रेका थियो ।

तर, उसका विश्वचर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अस्ट्रियाविरुद्ध पनि कुनै जादु चलाउन सकेनन् । अस्ट्रियाविरुद्धको पेनाल्टी पनि उनले गोलमा परिणत गर्न सकेनन् ।

खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको पोर्चुगलका लागि पहिलो हाफको २९ औं मिनेटमा नानीले प्रहार गरेको बल पोस्टमा लाग्दै फर्केको थियो ।

दोस्रो हाफको ७९ औं मिनेटमा अस्ट्रियाको पोस्ट्मा आफैंलाई लडाएपछि पाएको पेनाल्टी पोस्ट् लाग्दै फर्किएको थियो । फर्किएको बललाई रोनाल्डोले नै प्रहार गरे पनि पोस्ट्माथिबाट बाहिरियो ।

पहिलो खेलमा आइसल्यान्डले अन्तिम समयमा गोल गरेर खुसी मनाउँदा रिसाएका रोनाल्डोले अस्ट्रियाविरुद्ध पनि जित निकाल्न नसकेपछि पोर्चुगललाई अन्तिम १६ मा पुग्न समूहको शीर्ष स्थानमा रहेको हंगेरीविरुद्ध जित निकाल्नै पर्ने बाध्यता छ ।

दुई खेलमा बराबरी खेलेर २ अंक जोडेको पोर्चुगलले अब समूह चरणको अन्तिम खेलमा हंगेरीविरुद्ध खेल्नुपर्ने छ । अस्ट्रियालाई हराएको हंगेरीले आइसल्यान्डसँग बराबरी खेलेको थियो ।

हंगेरी चार अंकसहित शीर्षस्थानमा रहेको छ भने आइसल्यान्ड र पोर्चुगलको समान दुई अंक छ । अस्ट्रियाले भने एक अंकमात्रै जोडेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.