‘डाक्टरलाई भगवान मान्थेँ, यमदूत बने’

‘डाक्टरलाई भगवान मान्थेँ, यमदूत बने’

वीरगन्जः दम र छातीको रोगले सिकिस्त आफना बृद्ध बुबालाई उपचार गराउन पर्साको झौवागुठीका चनर देव राम आइतबार बिहान नौ बजे नारायणी उपक्षेत्रीय अस्पतालमा पुगे ।

अस्पतालको मेडिकल विभागको मुल गेटमा बुद्ध बुबालाई लिएर घण्टौं कुरेर बस्दा पनि डाक्टर आउने छाटकाँट नदेखेपछि उनि उपचार नगराइ घर फर्किए । 

‘डाक्टर सा’बको ढोकामा ताल्चा मारेको छ, तीन घण्टा कुरेर बस्दा पनि कोही आएन’, अस्पतालबाट घर फर्कने क्रममा भेटिएका रामले भने, ‘अरु निजी अस्पताल पनि बन्द छन्, अब घर जाँदैछु ।

आइतवार नै अस्पताल परिसरमा भेटिएकी पर्सा बिरुवागुठीकी ममता लामाले उपचार गराउन नपाएकोमा आक्रोश पोख्दै भनिन्, ‘डाक्टरलाई भगवान भनिन्छ, तर तिनै भगवान भनिएका डाक्टर  अहिले बिरामीका लागि यमदूत जस्तै भएका छन् ।’  

शैक्षिक योग्यताको प्रमाणपत्र छानबिनका लागि भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले चिकित्सकहरुलाइ पक्राउ गरेको विरोधमा वीरगन्जका डाक्टरहरु हडतालमा उत्रिएका कारण बिरामीहरुले तीन दिन देखि उपचार गराउन पाएका छैनन् । 

डाक्टरहरुले गत शुक्रबारदेखि नै वीरगन्जका सरकारी र निजी अस्पताल, नर्सिङ होम र क्लिनिक  बन्द गराएका हुन् । 

हड्तालमा उत्रिएका डाक्टरहरुकै आह्वानमा वीरगन्जका औषधि पसल र प्याथोलोजी सेन्टरहरु पनि आइतबारदेखि बन्द भएका छन् । 

वीरगन्जका नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, एडभान्स मेडिकेयर सेन्टर, भवानी अस्पताल एण्ड रिसर्च प्रालि, वीरगन्ज हेल्थ केयर र गण्डक अस्पताल लगायतका दर्जनौ अस्पतालहरुमा आकस्मिक उपचारबाहेक अरु सबै सेवा शुक्रबारदेखि नै ठप्प छ ।निजी क्लिनिकहरु पनि शुक्रबार देखि खुलेका छैनन् । वीरगन्जमा रहेका सबै अस्पताल र क्लिनिकका डाक्टरहरु तीन दिनदेखि हड्तालमा उत्रिएका कारण बिरामीहरु उपचार नपाएर अलपत्र परेका छन् ।

उपचारका लागि अस्पताल र क्लिनिकहरुमा पुगेपनि डाक्टर नै नभेटिएपछि बिरामीहरु उपचारबिना नै घर फर्किन बाध्य भएका छन् । 

आइतबारदेखि वीरगन्जका औषधी पसल र प्याथोलोजी सेन्टरहरु पनि बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् । 

पक्राउ परेका चिकित्सकहरुलाई बिनाशर्त रिहा गर्न माग गर्दै नेपाल चिकित्सक संघको नारायणी अञ्चल शाखाले आइतबार सरकारलाई २४ घण्टे अल्टिमेटम पनि दिएको छ ।

आइतवार पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाउँदै संघले २४ घण्टे अल्टिमेटम दिएको हो । 

पक्राउ परेका चिकित्सकलाई २४ घण्टाभित्र रिहा नगरिए सोमबारदेखि वीरगन्जका सरकारी र निजी अस्पतालमा आकस्मिक उपचार सेवा पनि बन्द गर्ने चेतावनी संघले दिएको छ । 

आइतवार बिहान संघको अगुवाइमा वीरगन्जमा जुलुश प्रदर्शन गरेका डाक्टर र स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई २४ घण्टे अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

चिकित्सक संघ नारायणी अञ्चल शाखाका निमित्त अध्यक्ष डाक्टर प्रमोद सर्राफको अगुवाइमा डाक्टर र स्वास्थ्यकर्मीले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेमार्फत प्रधानमन्त्री ओलीलाइ २४ घण्टे अल्टिमेटमसहितको ज्ञापनपत्र ब्ुझाएका हुन् । 

यसैगरी संघले राष्ट्रिय मानव अधिकार आयोगलाई पनि आइतवार ज्ञापनपत्र बुझाएको छ । ‘सीआइबीले पक्राउ गरेका डाक्टरलाई बिनाशर्त २४ घण्टा भित्र रिहा गर्नुपर्छ’, चिकित्सक संघ नारायणी अञ्चल शाखाका निमित्त अध्यक्ष सर्राफले भने, ‘२४ घण्टाभित्र रिहा गरिएन भने अझ कठोर आन्दोलनमा उत्रन्छौँ ।’

 डाक्टरहरुको शैक्षिक प्रमाण पत्रको छानबिन गर्ने निकाय नेपाल मेडिकल काउन्सिल भएको भन्दै सर्राफले भने, ‘छानबिन गर्ने नै हो काउन्सिलले गर्नु पर्छ, सीआइबीले होइन ।’

सीआइबीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गर्दै आएको भन्दै शुक्रबार नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत तीनजना, नेशनल मेडिकल कलेजका चारजना र निजी क्लिनिक सञ्चालन गरेका दुईजना गरी नौजना चिकित्सकलाई पक्राउ गरेर काठमाडौँ लगेपछि वीरगन्जका डाक्टरहरु हड्तालमा उत्रिएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.