जोफेन भइन् एसएलसी प्रिन्सेस
काठमाडौं: सिजन मिडियाद्वारा आयोजित एसएलसी प्रिन्सेस २०१६ को ताज एसियन पब्लिक स्कुल अनामनगरकी १६ वर्षीया जोफेन लामाले चुमेकी छन्।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा आफ्ना ४९ जना प्रतियोगीलाई उछिन्दै 'भिर्योस च्वाइस ' र 'वेस्ट वाक'सहित उनले शीर्ष उपाधि चुमकी हुन्।
उपाधिसँगै जोफेनले भिजी सुजुकी लेट्स स्कुटर र हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजको तर्फबाट प्लस टुका लागि छात्रवृत्ति पनि पाएकी छन्।
प्रतियोगितामा प्रतिष्ठा गुरुङले र प्रशंसा सिटौला क्रमश: फस्ट र सेकेन्ड रनरअप हुन सफल भए। त्यसैगरी प्रतिष्मा वाग्ले र रोशिका धमला क्रमश: थर्ड र फोर्थ रनरअप घोषित भए।
प्रतियोगितामा मीना कैनी, अधीरकुमार श्रेष्ठ, जनकदीप पराजुली, प्रेम गुरुङ, सम्झना खरेल, सन्तोष श्रेष्ठ र टेकनाथ पौडेल निर्णायक मण्डलमा रहेका थिए।
प्रतियोगितामा मिस पर्सनालिटी श्रृना नेपाल, मस्ट ट्यालेन्ट कृश्मा सुवेदी, अर्गनाइजर च्वाइस अवान्तीका भट्टराई, मिस डिसिप्लिन रेश्मा श्रेष्ठ, वेस्टस्किन सुविज्ञा पौड्याल, इनोसेन्ट मानषी श्रेष्ठ, फोटोजेनिक सुदिना केसी, हेल्दी स्माइल प्रज्ञा अधिकारी घोषित भए।
त्यसैगरी ब्युटिफुल हेयर शवनम थापा, बेस्ट फेन्डसिप वर्षा थापा, बेस्ट ड्रेस सचिता खत्री, एकाडमिक अवार्ड प्राश्ना श्रेष्ठ सोसल सभिर्स अरिना गुरुङ, इन्टेलिजेन्ट अवार्ड सिम्रन बोहरा, वेस्ट आई काजोल सिजापति, मिस पङ्चुवालिटी अस्मिता बोगटी र फेसबुक लाइकको अवार्ड गृष्मा खड्गीले जित्न सफल भएका छन्।