स्वतन्त्र तिब्बतको समर्थन गर्दैनौंः अमेरिका

स्वतन्त्र तिब्बतको समर्थन गर्दैनौंः अमेरिका

बेइजिङः संयुक्त राज्य अमेरिकाले आफू स्वतन्त्र तिब्बतको पक्षमा समर्थन नगर्ने जानकारी दिएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले तिब्बतलाई चीनको अभिन्न अंग मानेको भन्दै यस्तो जानकारी दिएका हुन् ।

तिब्बती आध्यात्मिक गुरु दलाई लामाले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई ह्वाइट हाउसमा भेटेलगत्तै अमेरिकाको यस्तो भनाइ आएको छ । दलाई लामालाई अमेरिकी राष्ट्रपतिले भेटेको विषयलाई लिएर चीनले असन्तुष्टि व्यक्त गरेको थियो । चीनको असन्तुष्टि आएलगत्तै अमेरिकाले यस्तो धारणा व्यक्त गरेको हो ।

अमेरिकी विदेशमन्त्री केरीले शनिबार चीनका विदेशमन्त्री वाङ यीलाई फोनमा बताएको जनाइएको छ । केरीले तिब्बत सम्बन्धमा अमेरिका सधैं एक चीनको पक्षमा रहेको चीनको भनाइ छ ।

अमेरिकाले ओबामा र दलाई लामाको भेट द्विपक्षीय नभएको र यो कुनै आधिकारिक तहको नभएको भन्दै चीनलाई गम्भीर रूपमा नलिन आग्रह गरेको छ । बाराक ओबामा र दलाई लामा दुवै नोबेल शान्ति विजेता भएका हुनाले उनीहरूको वार्ता भएको र यो व्यक्तिगत भेट भएको केरीले उल्लेख गरेका छन् ।

 

विदेशमन्त्री वाङले फोनवार्ताका क्रममा अमेरिकाले तिब्बतप्रतिको आफ्नो नीति स्पष्ट पार्नुपर्नेमा जोड दिएका थिए । उनले चीनको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गर्न नहुने बताएका थिए ।

अमेरिकाले चीनसँगको सम्बन्धमा व्यावहारिक नीति अपनाउनुपर्ने वाङले जिकिर गरेका थिए । दलाई लामाले पनि ओबामासँगको भेटमा आफूले स्वतन्त्र तिब्बतको माग नगरेको बताएका थिए । त्यसका लागि चीनसँग छिटै वार्ता हुने उनले जानकारी दिएका थिए ।

केरीले यसै महिनाको सुरुवातमा बेइजिङमा आयोजित अमेरिका–चीन रणनीतिक एवं आर्थिक संवाद सफल भएको भन्दै प्रशंसा गरेका थिए । केरीलाई उद्धृत गर्दै चीन सरकारले अमेरिका चीनसँगको सम्बन्ध सुदृढ बनाउन तयार भएको जानकारी दिएको छ । वाङले केरीसँगको वार्ता सफल भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.