किसानलाई अब मोबाइल र सिम उपहार

किसानलाई अब मोबाइल र सिम उपहार

काठमाडौं: सरकारले आगामी साउनदेखि किसानलाई महँगो खालको स्मार्ट मोबाइल सेट र सिम निःशुल्क उपलब्ध गराउने भएको छ। यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ।

किसानलाई प्रविधि मैत्री बनाउन गत चैतदेखि नै मोबाइल र सिम वितरणको योजना बनाइएको भए पनि प्रक्रियागत ढिलाइका कारण साउनदेखि मात्र कार्यान्वयनमा आउनेछ।

सरकारले यस्तो मोबाइल र सिमकार्डको सहयोगमा खाद्यान्न, तरकारी, तेलहन, दलहन, मल तथा विषादी, मौसमको अवस्था, खेती प्रविधि, बजारको अवस्था, पशुपालन, रोग तथा निदानलगायतका सुविधा किसानलाई निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ।

यति मात्रै होइन विश्व बैंकको सहकार्यमा कार्यान्वयनमा आएको जलवायु प्रकोप सम्उत्थान आयोजनाअन्तर्गतको कृषि व्यवस्थापन सूचना प्रणाली (एमिस) ले विकास गरेको 'हाम्रो कृषि' नामको कृषि एप्स पनि मोबाइलमार्फत किसानलाई उपहार दिन लागिएको छ।

एमिसका निर्देशक शिवनन्दनप्रसाद साहका अनुसार किसानलाई सिम र मोबाइल निःशुल्क वितरण गर्न नेपाल टेलिकमसँग द्विपक्षीय सम्झौता भएर अहिले सिम उत्पादन गर्ने काम भइरहेको छ। यसैगरी मोबाइलका लागि गत साता नै सामसङ मोबाइल कम्पनीका नेपालस्थित आधिकारिक बिक्रेतासँग सम्झौता भइसकेको छ। कम्पनीसँग चार सय ५० थान मोबाइल खरिद गर्ने सम्झौता भएको छ।

 

'सिमका लागि नेपाल टेलिकम र मोबाइलका लागि सामसङसँग सम्झौता भइसक्यो', निर्देशक साहले भने, 'आगामी साउनको पहिलो सातादेखि नै किसानलाई निःशुल्क मोबाइल र सिम वितरण गर्छौ।'


पहिलो चरणमा धनकुटा, सुनसरी, सिरहा, काभ्रे, बारा, रुपन्देही, बाँके र जुम्लाका किसानलाई यो सुविधा पुर्‍याइनेछ।

उनका अनुसार यो सुविधा तीन चरणमा विस्तार गरिनेछ। पहिलो चरणमा धनकुटा, सुनसरी, सिरहा, काभे्र, बारा, रुपन्देही, बाँके र जुम्लाका किसानलाई यो सुविधा पुर्याइनेछ। दोस्रो चरणमा संखुवासभा, झापा, मोरङ, सप्तरी, महोत्तरी, चितवन, सुर्खेत र कैलालीमा र तेस्रो चरणमा दार्चुला, डोटी, रुकुम, दाङ, मुस्ताङ, कास्की, पाल्पा, धादिङ र दोलखा जिल्लाका किसानले यो सुविधा प्राप्त गर्नेछन्।

एउटा जिल्लामा ५० वटा मोबाइल सेट किसानको समूहलाई वितरण गरिनेछ। एमिसले यो सुविधाअन्तर्गत एउटा जिल्लामा ५० जना किसान सदस्य रहेको समूहलाई २० हजार रुपैयाँ पर्ने एन्ड्रोइड स्मार्टफोन, एक थान किसान सिम र सय रुपैयाँ बराबरको ब्यालेन्स सुविधा उपलब्ध गराउनेछ।

यसैगरी एक थान रेनगज उपकरण (वर्षा नाप्ने यन्त्र), एक थान तापक्रम नाप्ने थर्ममिटर र सिममा प्रत्येक महिना १५ मेगाबाइटको डाटा पनि निःशुल्क उपलब्ध गराइनेछ। 'यी सबै सामग्रीको बजार मूल्य झण्डै ४० हजार पर्न जान्छ', साहाले भने, 'यो मोबाइल र सिमको सहयोगमा किसानले तापक्रम, वर्षा पूर्व जानकारी प्राप्त गर्न सक्षम हुनेछन्।'

किसानले प्राप्त गर्ने मोबाइल र सिमबाट निःशुल्करूपमा समस्या राख्न र समस्याको समाधान प्राप्त गर्ने व्यवस्था मिलाइएको छ। यो योजनाअन्तर्गत एक हजार दुई सय ५० वटा मोबाइल र पाँच हजार पाँच सय थान सिम किसानलाई बितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.