छोराहरु काबुलबाट कफिनमा फर्किँदा रुवाबासी (फोटो फिचर)
काठमाडौंं: अफगानिस्तानको काबुलमा तालिवानबाट मारिएका १२ नेपाली युवाहरुको शवलाई नेपाल वायु सेवा निगमको जहाजले त्रिभुवन विमानस्थलमा ओराल्दा आँसु नखसाउने सायदै कोही थिए ।
काबुलबाट साढे १२ बजे उडेको बिमान दिउँसो २ बजेर ४० मिनेटमा त्रिभुवन विमानस्थलमा ओर्लेपछि त्यहाँ रहेका आफन्तहरुबीच रुवाबासी भएको थियो।१२ जना युवाको शव बुझ्न उनीहरुका बृद्ध बाबुआमादेखि छोराछोरीसम्म त पुगेकै थिए । उनीहरुसँग जनताका अभिभावक प्रधानमन्त्री केपी शर्मा ओली पनि काबुलमा ज्यान गुमाएका युवाहरुलाई सलामी दिन विमानस्थल पुगे ।
आफ्ना पतिको शव लिनका लागि पाँच महिने काखेनानी च्यापेर पत्नीहरु पनि विमानस्थल पुगेका थिए । त्यहीँ नै सेतै केश फुलेका वृद्ध बाबुआमा पनि विमानस्थलमा थिए ।
तस्बिरहरु: दिनेशविक्रम शाह