तराई मधेसमा बजेट बुझाउँदै युवा संघ

तराई मधेसमा बजेट बुझाउँदै युवा संघ

विराटनगरः एमाले भात्रृ संगठन युवा संघ नेपालले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७३÷०७४ को बजेटका उपलब्धीबारे बुझाउनका लागि तराई मधेस बजेट कार्यक्रम संचालन गरेको छ ।

तराईका जिल्लालाई केन्द्रीत गरेर नारायणी अञ्चलबाट सुरु गरिएको कार्यक्रम लिएर युवा संघका नेता कार्यकर्ता कोसी अञ्चल प्रवेश गरेका छन् ।

यस विषयमा संघका पदाधिकारीले बिहीबार विराटनगरमा पत्रकार र कार्यकर्तासंग पनि अन्तरक्रिया गरेका छन् ।

बजेटले गरेको तराई मधेसका माग र समस्याको सम्बोधनलाई तल सम्म पु¥याउन आवश्यक देखिएपछि युवा संघ तराई मधेस दौडाहामा निस्किएको जानकारी संघले दिएको छ ।

संघका प्रवक्ता प्रभात कटुवालले बजेटबारे तराई मधेसमा फैल्याइएको भ्रम चिर्न युवा संघले सुरु गरेको कार्यक्रम नारायणी, जनकपुर र सगरमाथा अञ्चलमा पर्ने तराईका जिल्लामा सम्पन्न भइसकेको बताए ।

कोसीपछि मेची अञ्चलमा पुगेर कार्यक्रमको समापन गरिने जानकारी उनले दिए । कटुवालले विभिन्न ठाउँमा भएका कार्यक्रममा तराईका बजारलाई आर्थिक विकाशको केन्द्र बनाउनका लागि सरकारले ल्याएको बजेटको महत्व र प्रभावकारीता तथा बजेटले मधेसी समुदायमा पु¥याउने हितका बारेमा मधेसी जनतालाई बुझाउने र जानकारी दिने काम गरिएको कटुवालको भनाइ छ ।

‘मधेसी समुदायमा अहिलेको सरकार र सरकारले ल्याएको बजेट मधेस विरोधी छ भनेर फैल्याइएको हल्ला र भ्रमलाई भंग गर्न कार्यक्रम संचालन गरिएको हो,’ संघका सचिव पर्शुराम बस्नेतले भने, ‘तर तराईका विभिन्न जिल्लामा कार्यक्रम संचालन गरेर हिंड्ने क्रममा बजेटप्रति तराईको ठूलो समर्थन रहेको पाइयो ।’

 

विभिन्न तत्वले फैल्याइएका भ्रमहरु चिरेर समग्र बजेटको उपलब्धीका बारेमा प्रष्ट पार्दै तराई मधेसका जनतालाई बुझाउने काम भइरहेकाले युवा संघले सबै ठाउँमा मधेसका जनता र मधेसी अगुवा एवं बुद्धिजीविसंग पनि छलफल र अन्तरक्रियाहरु गरिसकेको बस्नेतले बताए ।

उनले भने, ‘सरकारले बजेटमार्फत लोडसेडिङ मुक्त तराई बनाउन गरेको घोषणालाई सार्थक बनाउन समर्थन जुटाउने काम पनि भइरहेको छ ।’

बस्नेतले यो सरकार सुवर्ण सम्शेर पछाडि तराई मधेसलाई प्राथमिकतामा पारेर बढी बजेट ल्याउने पहिलो सरकार भएको दावी गरे ।

‘अहिलेको सरकारले तराई मधेसलाई समृद्ध बनाउने बजेट ल्याएको छ भन्ने जानकारी सबैमा गराउने काम भइरहेको छ,’ उनले भने, ‘बजेटले मधेसका कृषक, युवा, मजदुर, विद्यार्थी लगायतको मागलाई समेटेर समग्र मधेसी जनतामा सरकारप्रति यस अघि रहेका विभिन्न आशंका पनि मेटेको पाइयो ।’

संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले अहिलेको बजेटले तराई मधेसको विकाशमा महत्वपूर्ण उपलब्धी हाँसिल गर्ने विषयमा जानकारी दिने गराउँदै बजेटका बारेमा सबैलाई बुझाउने काम भएको बताए ।

शिक्षा र चेतनाबाट पछि परेका मधेसी समुदायको मनोविज्ञानमा खेल्ने र तराईको समग्र उन्नती नचाहने तथा मुलुकलाई विखण्डन गर्नेहरुले तराई मधेसमा विभिन्न खालका विरोधाभावपूर्ण र राष्ट्रियता विरोधी खेलहरु खेलिरहेको पौडेलको आरोप छ ।

पौडेलले तराई मधेस मैत्री बजेट तदारुकताका साथ कार्यान्वायनका लागि युवा संघले पहल कदमी लिने जानकारी पनि दिए ।

उनका अनुसार तराई केन्द्रीत बजेट मार्फत ल्याइएका मध्ये तराईका २० जिल्ला छुने हुलाकी राजमार्गको स्तरोन्नती तथा निर्माण, महेन्द्र राजमार्ग र बोर्डर जोड्ने सडक, तराईमा दुईवटा उपमहानगरपालिका, सुनकोसी–मरिन सिंचाई आयोजना लगायतका कार्यक्रम उपलब्धी मुलक रहेको पाइयो ।

‘बजेट मार्फत आएका तराईका खोला तथा नदीमा बाढी व्यवस्थापन तथा बस्ती संरक्षण कार्यक्रम, तराईमा दुईवटा अन्तराष्ट्रिय विमानस्थल, पछाडि परेका क्षेत्रको विकास, आधुनिक औद्योगिक क्षेत्रको स्थापना, मधेस खानेपानी सुधार कार्यक्रम, लोपोन्मुख समुदायका लागि आवास लगायतका कार्यक्रमले तराई मधेसका जनताको मन जितेको पाइयो,’ पौडेलले


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.