कामै नगर्ने ठेकेदारले माग्यो एक अर्ब क्षतिपूर्ति

कामै नगर्ने ठेकेदारले माग्यो एक अर्ब क्षतिपूर्ति

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीले तोकिएको अवधिमा काम नसकेपछि उल्टै क्षतिपूर्ति मागेको छ।

विमानस्थलको क्षमता विस्तारका लागि सन् २०१३ को मार्च १७ देखि काम सुरु गरेको स्पेनिस कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सम्झौताअनुसार सन् २०१६ को मार्चभित्र काम सक्नुपर्नेमा जम्मा १६ प्रतिशतमात्रै सम्पन्न गरेको छ।

तोकिएको अवधिमा काम गर्न नसकेको जिम्मेवारी लिनुको साटो प्राधिकरणसँग उल्टै एक अर्ब रुपैयाँभन्दा बढी क्षतिपूर्ति मागेको प्राधिकरण उच्च स्रोतले बताएको छ।प्राधिकरणका अनुसार विमानस्थल विस्तार गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीले अघिल्लो वर्ष वैशाखमा गएको भूकम्प र असोजपछि भएको भारतीय नाकाबन्दी तथा नेपालमा समयसमयमा भइरहेका हडतालका कारण काम गर्न नसकेको भन्दै एक अर्बभन्दा बढी क्षतिपूर्ति माग गरेको हो।

सान्जोसेले तीन वर्षको अवधिमा १६ प्रतिशत काम गरेबापत ९६ करोड रुपैयाँ लगेको भए पनि खर्च गरेभन्दा बढी क्षतिपूर्ति दाबी गरेको स्रोतले जानकारी दिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलका अनुसार उक्त कम्पनीले निर्धारित समयमा काम गर्न नसकिएकोले थप समय र खर्च गरेभन्दा बढी रकम क्षतिपूर्ति दाबी गरेको छ।

 

यस्तो दाबी माग गर्ने कम्पनीले निर्धारित समयमा आफूले पूरा गर्नुपर्ने दायित्व चाहिँ कति गरेको छ भनेर अन्तर्राष्ट्रिय मध्यस्तकर्ता राखेर मूल्यांकन गर्ने काम भइरहेको छ। समयमा काम नहुनु र नेपालमा भएको प्राकृतिक प्रकोप तथा आपूर्तिको असहजताको अवस्थालाई देखाएर मागिएको दाबीलाई यसअघिको ठेकेदार कम्पनीको दायित्वसँग जोडेर हेर्नुपर्ने पोखरेलले बताए।

प्राधिकरणका अनुसार ठेकेदार कम्पनीले सम्झौताअनुसार काम गर्न नसकेपछि अनावश्यक विषय जोडेर यस्तो माग गरिएको हो। तीन वर्षअगाडि नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनीबीच भएको सम्झौताअनुसार सतप्रतिशत काम सक्नुपर्ने अवस्थामा उल्टै क्षतिपूर्ति माग गर्नुले सान्जोसेलाई निर्माणको थप जिम्मा दिने वा नदिने भन्ने विषयमा प्राधिकरण अन्योलमा रहेको छ। 

तोकिएको तीन वर्षमा जम्मा १६ प्रतिशत काम सकेको ठेकेदार कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले नाकाबन्दी र भूकम्पलाई कारण देखाउँदै एक अर्ब क्षतिपूर्ति मागेको छ।


प्राधिकरणका अनुसार एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो विमानस्थलको सम्झौता तोड्ने कि निरन्तरता दिने भन्ने विषयमा पनि सरकारले निर्णय गर्नुपर्ने भएको छ।यो कम्पनीले त्रिभुवन विमानस्थलको कोटेश्वरटर्फ तीन सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ एप्रोन निर्माण, अन्तर्राष्ट्रिय उडानका यात्रुको सामान ल्याउने बेल्ट (कन्भेयर बेल्ट) निर्माणको जिम्मा पाएको भए पनि निर्धारित कामको गति निकै सुस्त छ।

यो कम्पनीले सन् २०१२ को डिसेम्बरमा प्राधिकरणसँग सम्झौता गरेको भए पनि काम सुरु भने २०१३ को मार्चमा मात्रै गरेको थियो।६ करोड १० लाख अमेरिकी डलर अर्थात् तत्कालको करिब ६ अर्ब रुपैयाँको काम गर्ने गरी ठेक्का पाएको सान्जोसेले योजना सक्न दिएको तीन वर्षको समयमा निकै थोरै प्रगति गरेको छ।

६ महिनाअगाडि १३ प्रतिशतमात्रै प्रगति गरेको विवरण सार्वजनिक भए पनि पछिल्लो ६ महिनामा जम्मा तीन प्रतिशत मात्रै थप काम भएको छ। एसियाली विकास बैंकको आठ करोड अमेरिकी डलर ऋण सहयोगमा विमानस्थलको क्षमता विस्तारको काम थालिएको हो। उक्त बैंकले विमानस्थल विस्तारका लागि सात करोड डलर ऋण र एक करोड डलर अनुदान दिएको थियो।

सान्जोसेले तोकिएको अविधिमा जम्मा १६ प्रतिशत काम गरेकाले अब अवधि थप गर्ने वा नगर्ने भन्ने पनि प्राधिकरण एक्लैले निर्णय गर्न सकेको छैन। सान्जोेसेले प्राधिकरणले तोकेअनुसार इन्टरनेसनल कम्पिटेटिभ बिडिङ (आईसीबी ०१) अन्तर्गतको पहिलो चरणको काम गर्ने उल्लेख छ।

सान्जोसेले नेपाली कम्पनी टुन्डी कन्स्ट्रक्सनलाई सहायक कम्पनी नियुक्त गरेर विमानस्थल विस्तारको काम थालेको थियो। विमानस्थल विस्तारका लागि पशुपति विकास कोषको जग्गाबाट माटो ल्याउने काम सुरु गरेको यो कम्पनीले लामो समय माटो ल्याउने काममा भएको विवादका कारण पनि काम गर्न सकेको थिएन।

विमानस्थलको विस्तारका लागि यो कम्पनीले १९ लाख घनमिटर माटो भरेर भौतिक पूर्वाधारको काम गर्नुपर्ने भए पनि मुस्किलले पाँच लाख घनमिटरमात्रै माटो भर्न सकेको छ। तीन वर्षमा सान्जोसेले पहिलो चरणअन्तर्गत एयरसाइडमा भौतिक पूर्वाधार बनाउने, नयाँ टर्मिनल भवन बनाउने, हवाई उडानका विभिन्न प्रविधि जडानको काम गर्ने उल्लेख थियो।

यस्तो काममा त्रिभुवन विमानस्थलको एयर साइट विकासमा तीन सय मिटर धावनमार्ग बढाउने, नयाँ ट्याक्सी वे बनाउने, धावनमार्गमा सेन्ट्रलाइन लाइट जडान, नौवटा अन्तर्राष्ट्रिय उडानका जहाजको पार्किङ क्षेत्र थप गर्ने, नयाँ प्रस्थान गेट बनाउने, आगमनमा नयाँ ब्यागेज क्षेत्र बनाउने, एयर ट्राफिक कन्ट्रोलरको अटोमेसनसहितका प्रविधि जडानको काम गर्ने सम्झौता छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.