७२ वर्षीय साधुबाट बलात्कृत बालिका गर्भवती

७२ वर्षीय साधुबाट बलात्कृत बालिका गर्भवती

वीरगन्ज: पर्साको जगरनाथपुरमा मन्दिरका ७२ वर्षीय साधुबाबा (पुजारी) ले एक बालिकालाई बलात्कार गरेका छन् । जगरनाथपुर गाविस ७ मा रहेको हनुमान मन्दिरका पुजारी धनुषाको जनकपुर घर भएका रामदेव दासले स्थानीय १५ वर्षीया बालिका बलात्कार गरेका हुन् ।

मन्दिरमा दुई वर्षदेखि पुजारीकै लागि खाना पकाउँदै आएकी बालिका बलात्कृत भएकी हुन् । पाँच महिना पहिले बेलुकीको समयमा पुजारी दासकै लागि खाना पकाउन मन्दिरमा आएकी बालिकालाई पहिलो पटक पुजारी दासले मुख थुनेर मन्दिरभित्रै बलात्कार गरेका थिए ।

पुजारी दासले घटनाबारे अरूलाई जानकारी दिए ज्यान मार्ने धम्की दिएका कारण पीडित बालिकाकले आफूमाथि भएको हिंसाबारे घरपरिवारलाई पनि जानकारी दिएकी थिइनन् ।

त्यसपछि पनि पुजारी दासले बालिकालाई मन्दिरभित्रै पटकपटक बलात्कार गरेको बताइएको छ । गत बुधबार पीडित बालिकाले अचानक पेट दुख्यो भन्दै बान्ता गर्न थालेको देखेर उनकी आमाले सोधीखोजी गर्दा घटनाका बारेमा परिवारका सदस्यले जानकारी पाएका थिए ।

पुजारी दासबाट बालात्कृत बालिकाको पेटमा पाँच महिनाको गर्भ पनि रहेको पीडित बालिकाकी आमाले बताइन् । आमाले सोधीखोजी गरेपछि पीडित बालिकाले घटनाबारे परिवारका सदस्यलाई बताएपछि पीडित पक्षले प्रहरीलाई खबर गरेको पर्साका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए ।

घटनाबारे प्रहरीले जानकारी पाएपछि पुजारी दास मन्दिर छाडेर फरार भएका थिए । भागेर भारततर्फ जान लागेका पुजारी दासलाई प्रहरीले सीमावर्ती भिस्वा नाकाबाट बिहीबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बोगटीले बताए ।

पक्राउ परेका पुजारी दासलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । प्रहरीले पीडित बालिकाको शुक्रबार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा स्वास्थ्य परीक्षण गराएर अभिभावकको जिम्मा लगाएको छ ।

‘पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएर घर पठाइएको छ’, प्रहरी नायव उपरीक्षक बोगटीले भने, ‘स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि आवश्यक कारबाही अगाडि बढाइन्छ ।’

घरको आर्थिक अवस्था नाजुक भएका कारण अभिभावकले ६ कक्षामा पढ्दै गरेकी बालिकालाई पुजारीका लागि खाना पकाउन मन्दिरमा दुई वर्षदेखि पठाउँदै आएका थिए । जनकपुर घर बताउने पुजारी दास हनुमान मन्दिरमा दुई वर्षदेखि बस्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.