आखिर बेलायत इयूबाट बाहिरियो

आखिर  बेलायत इयूबाट बाहिरियो

काठमाडौं: जनताले बिहीबार सहभागी भएको जनमतको परिणाम शुक्रबार आएसँगै  ब्रिटेन युरोपियन युनियनबाट बाहिरिएको छ । ब्रिटेनका ब्रिटेनका ५१.९ प्रतिशत अर्थात बहुमत जनता ब्रेक्जिटको पक्षमा उभिएका हुन् । यसको अर्थ अब ब्रिटेन युरोपियन युनियनबाट औपचारिकरुपमा अलग्गिएको छ ।

पछिल्लो केही दिनदेखि तपाईंले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ब्रेक्जिट शब्दलाई कयौं पटक सुन्नु र पढ्नु भयो होला । यो शब्द ब्रिटेन ईयुबाट बाहिरिनका लागि प्रयोग गरिएको हो ।

ब्रिटेनलाई युरोपियन युनियनबाट अलग गराउने पक्षमा रहेका जनताले प्रयोग गरेको अंग्रेजी शब्दको मिश्रण हो ब्रेक्जिट । त्यसो त ब्रेक्जिट भन्दा अगाडि ग्रेक्जिट शव्द पनि चर्चामा आएको थियो । ग्रेक्जिट शब्द ग्रीसले युरोजोन छाड्ने नछाड्ने बहस छेडिएका बेला प्रयोगमा ल्याइएको थियो ।

ब्रिटेनका जनताले जनमत संग्रहमार्फत ब्रिटेन अब ईयुको सदस्य राष्ट्र नरहेको फैसला गरेका छन् । जनमत संग्रह एउटा भोट गर्ने तरिका हो । जसमार्फत कुनै पनि अहम र महत्वपूर्ण मुद्दाको जबाफ हुन्छ या हुँदैन भनेर जनताबाट लिनका लागि गरिने चलन छ ।

यो मतदानमा निश्चित मापदण्ड तोकिएका बयस्क जनताले भाग लिन्छन् । यो मतदान प्रक्रियामा कुनै पनि पक्षमा ५० प्रतिशत भन्दा धेरै मत आयो भने फैसला उसैको पक्षमा जान्छ ।

आखिर युरोपियन युनियन के हो ?

यो २८ युरोपियन देशको एक समूह हो । जसमार्फत यी २८ देख एक दोस्रोका लागि राजनीतिक र आर्थिक सहयोग लेनदेन गर्छन् ।

यसको सुरुवात दोस्रो विश्वयुद्धपछि आर्थिक सहयोगको उद्देश्यले गरिएको थियो । युरोपियन युनियनमा रहेका देशहरु एकापसमा व्यसायिकरुमा व्यवसायिकरुपमा साझेदारी त गर्छन् नै एकअर्काविरुद्ध युद्धबाट पनि जोगिने गरेका छन् ।

यस समूहको निर्माण भइसकेपछि यसका सदस्य देशका जनताको आवतजावत र सामानको लेनदेन बिनारोकटोक हुने गरेको छ । यही कारण नै हो तपाईं युरोपको कुनै देश जानुभयो भने रेलमा चढेर सजिलै अर्को देशमा पुग्न सक्नुहुन्छ ।

यस समूहका १९ वटा देशहरुबीचमा व्यापारका लागि युरो मुद्रा प्रचलनम ल्याइएको छ। यसका अलावा पर्यावरण, परिवहन, ग्राहक अधिकारलाई पनि लिएर एउटै नीति लागू गरिएको छ।

अब यहाँ प्रश्न उठ्न सक्छ, आखिर ब्रिटेन किन कयौं वर्ष पुरानो युरोपियन युनियनबाट अलग हुन पुग्यो । जनमत संग्रहको मतपरिणाम अनुसार ५१.९ प्रतिशत जनता ईयुबाट अलग्गिने पक्षमा उभिएका छन् ।

यसका कयौं कारणहरु छन् । बीबीसीका अनुसार ईयुका कारण कयौं नियम कानुनमा बाँधिनुपरेकाले देशसँगै आफूहरु पनि पछि परेको महसुस यहाँका जनताले गरेका थिए ।

ब्रिटेनले लामो समयदेखि ईयुले ब्यापारसँग जोडिएका कयौं कडा भन्दा कडा नियम बनाएको आरोप लगाउँदै आएको छ । जसकारण आफुले वार्षिक कयौं करोड पाउन्ड सदस्यता शुल्का ईयुलाई तिरिरहेपनि त्यसको बदलामा केही पनि हासिल नभएको गुनासो बेलायतले गर्दै आएको थियो ।

ब्रिटेनका लागि ईयुबाट बाहिरिनुपर्ने अर्को कारण भनेको उसले आफ्नो सीमानामा पुरै आफ्नो अधिकार चाहेको थियो ।आफ्नो सीमामा आफ्नो अधिकार र आफ्नो कानुन लागू गरेर ब्रिटेन अघि बढ्न चाहिरहेको थियो ।

साथै ब्रिटेनले लामो समयदेखि बाहिरी मुलुक तथा ईयु सदस्य राष्ट्रबाटै काम गर्न आउने आप्रवासीहरुको संख्या पनि घटाउन चाहिरहेको थियो । यहाँ बुझ्नुपर्ने कुरा भनेको युईका सदस्य राष्ट्रका जनतालाई एकअर्काको देशमा गएर काम गर्नका लागि कुनै रोकटोक थिए । ईयुको सदस्य भएकाले ब्रिटेनले बाहिरी देशका कामदारलाई रोक्न सकिरहेको थिएन ।

आजको यो नजिताले ब्रिटेनका जनता बाहिरी मुलुकबाट आउने कामदारप्रति सन्तुष्ट नरहेको पुष्टि गरेको छ । उनीहरु जीवनयापनका लागि बाहिरबाट आउने कामदारहरुको संख्या सकेसम्म कमभन्दा कम होस् भन्ने पक्षमा देखिए ।

यो बेला युरोपका कयौं देशहरु मध्यपूर्वबाट छिरेका लाखौं शरणार्थीहरुका कारण तनावमा छन् । सन् २०१५ मा सिरिया, अफगानिस्तान र इराक जस्ता देबाट केही लाख शरणार्थीहरु युरोपमा छिरेर शरण लिइरहेका छन् ।

यस्तो अवस्थामा युरोपियन युनियनका सदस्य राष्ट्रहरु पनि संकटबाट गुज्रिरहेका छन् । त्यसो त युरोपकै कयौं देशका जनता काम र गुणस्तरीय जीवन बिताउनका लागि बेलायतलाई युरोपकै उत्कृष्ट स्थान मान्छन् ।

शरणार्थीहरुको ओइरो लागिरहेका बेला ब्रिटेनका जनताको मनमा बाहिरबाट आउनेहरुले आफूहरुको रोजगारी खोसेर सहज जीवनयापनमा दख्खल गरिदिने डरले बास गरेको छ ।

यस्तो अवस्थामा बाहिरबाट आउने आप्रवासहरुको प्रवेश तथा बसोबासमा बारेमा ब्रिटेनबासी आफैँ आफ्नो कानुन बनाएर लागू गर्ने पक्षमा उभिएका छन् ।

जहाँसम्म ब्यापारको कुरा छ, यस मामिलामा भने ब्रिटेनलाई ईयुमा रहँदै बढी फाइदा थियो । केही विज्ञहरुलाई मान्ने हो भने ब्रिटेनलाई उसले ईयुका अन्य सदस्य राष्ट्रहरुसम्म आफ्नो उत्पादन पुर्‍याउन सक्ने भएकाले व्यवसायमा धेरै फाइदा ईयुमा हुँदा रहँदा हुने बताएका छन् ।

त्यहीँ केही विज्ञहरुले भने ईयुबाट अलग्गिएपछि ब्रिटेनले २८ देशको हिस्सा बनेर नभइ आफ्नो खुट्टामा उभिएर आफ्नो शर्तमा व्यापार गर्न पाउने भएकाले अझ धेरै फाइदा लिन सक्ने जिकिर गरेका छ् ।

ब्रिटेन ईयुबाट बाहिरिएपछि आफ्नो पाउन्डबारे केही बोलेको छैन । तर ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरुनले ब्रिटेनले कहिल्यै युरोलाई आफ्नो मुद्रा नबनाउने गत जनवरीमै प्रष्ट पारिसकेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.