अन्नपूर्णकर्मी विरहीलाई कानुन पत्रकारिता पुरस्कार
काठमाडौँ: अन्नपुर्ण पोष्टका कानुन संवाददाता यम विरहीलाई ‘उत्कृष्ट कानुन पत्रकारिता पुरस्कार' प्रदान गरिएको छ।
विरहीलाई कानुन, न्याय र मानव अधिकारको क्षेत्रमा पत्रकारिताको माध्यमबाट उल्लेखनिय योगदान पुर्याए बापत नेपलिज ल स्टुडेन्ट एशोसिएसनले सम्मान गरेको हो ।
भक्तपुस्थित काठमाडौं स्कुल अफ लमा कानुन विद्यार्थीको राष्ट्रिय संजाल नेपलिज ल स्टुडेण्ड एशोसिएसन (नेल्सा) को राष्ट्रिय भेलामा पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले विरहीलाई पुरस्कार प्रदान गरे । पुरस्कारको राशी दश हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।
यसैगरी, वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई कानुनव्यवसायी विशेष सम्मान, कानुन प्रोफेसर अधिवक्ता गीता पाठक संग्रौलालाई शिक्षण उत्कृष्ट सम्मान, अधिवक्ता प्रविन सुवेदीलाई उदीयमान कानुनव्यवसायी प्रतिभा सम्मान, पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययनरत कानुनका विद्यार्थी शंकर सैंज्युलाई नेल्सा क्रियाशील सम्मान र धरानस्थित नेल्साका अध्यक्ष धौलाराज राई उत्ृकष्ट ल च्याप्टर सम्मान प्रदान गरिएको छ ।