शनिबार साँझको सानो भूकम्पले पनि भागाभाग
काठमाडौंः शनिबार साँझ गएको परकम्पले दोलखा सदरमुकामा चरीकोटसहितका आसपासका क्षेत्रमा भागभाग मच्चिएको छ।
शनिबार साँझ ७ बजेर ५५ मिनेटमा गएको परकम्पले चरीकोटसहितका क्षेत्रका बासिन्दा डराउँदै भागेका हुन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ५५ मिनेटमा दोलखा र सिन्धुपाल्चोकको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ३.९ म्याग्निच्यूडको परकम्प गएको हो ।
दोलखास्थि अन्नपूर्णकर्मी सुवास योञ्जनका अनुसार नजिकै केन्द्रबिन्दु भएको भूकम्पले कडा धक्का दिएकाले घर र अन्य भौतिक पूर्वाधार हल्लिँदा मानिसहरुबीच भागाभाग भएको हो ।