अब सबै सवारीमा इम्बोस नम्बर

  अब सबै सवारीमा इम्बोस नम्बर

काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि मुलुकभरका सबै सवारीसाधनको नम्बर प्लेटलाई डिजिटल प्रणाली (इम्बोस) मा परिणत गर्ने भएको छ।

आर्थिक वर्ष २०७३/०७४ देखि सबै सवारीसाधनको नम्बर प्लेट इम्बोस नम्बर प्रविधिमा लैजान यातायात व्यवस्था विभागले तयारी गरेको छ।

यसका लागि विभागले बंगलादेशको टाइगर आईटी कोअपरेसन लिमिटेडलाई चार करोड ३० लाख अमेरिकी डलर (झन्डै चार अर्ब ३० करोड नेपाली रुपैयाँ) मा ठेक्का दिएको छ।

विभागले यही जेठ १७ गते संस्थालाई इम्बोस नम्बर प्रविधिमा नेपालको नम्बर प्लेट लैजान स्वीकृत प्रदान गरेको हो। विभागले गत मंसिर १ गते टेन्डर आह्वान गरेर पुनः म्याद थपी पुस ३० सम्म बोलपत्र भर्ने समय दिएको थियो।

विभागले भने इम्बोस नम्बर प्लेट प्रणालीका लागि चार करोड ५० लाख यूएस डलर (चार अर्ब ९१ करोड सात लाख ६० हजार पाँच सय ६७ नेपाली रुपैयाँ) लाग्ने जनाएको छ।

आगामी पाँच वर्षभित्रमा मुलुकभरका सवारीसाधनको परम्परागत नम्बर प्लेटलाई डिजिटल प्रणालीमा लैजान अमेरिकाको डेकाटुर टाइगरसँग विभागले सम्झौता गरेको छ। विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार आगामी तीन महिनाभित्रमा इम्बोस नम्बर प्रणालीको परीक्षण उत्पादन सुरु गरिनेछ।

 

तीन महिनाको अवधिमा कुनै समस्या देखिएन भने यो प्रणालीलाई द्रुत गतिमा लग्नेछौं', श्रेष्ठले भने।टेन्डरमा चीनको पिन्जाओ भन्ने कम्पनीले नेदरल्यान्डको जेकेजी जेभी कन्सरटम नामको कम्पनीसँगको सहकार्यमा सबैभन्दा कम अर्थात दुई करोड ९० लाख यूएस डलर (तीन अर्ब १६ करोड ४७ लाख १२ हजार तीन सय ६५ नेपाली रुपैयाँ) को प्रस्ताव विभागमा बुझाएको छ।

आगामी पाँच वर्षभित्रमा मुलुकभरका सवारीसाधनको परम्परागत नम्बर प्लेटलाई डिजिटल प्रणालीमा परिणत गर्न अमेरिकाको डेकाटुर टाइगरसँग सम्झौता गरिएको छ ।

यसैगरी सबैभन्दा बढी सेल्प सास भन्ने फ्रान्सको कम्पनीले चार करोड २० लाख यूएस डलर (चार अर्ब ५८ करोड ३३ लाख ७६ हजार पाँच सय २९ नेपाली रुपैयाँ) को प्रस्ताव बुझाएको छ।

आवेदन भर्ने मध्येबाट विभागले प्राविधिक पक्ष समेत हेरेर डेकाटुर टाइगरसँग सम्झौता गरेको श्रेष्ठले दाबी गरे। 'टेन्डर मूल्यांकन रकममा मात्र सीमित नहुने हुँदा छनोट भएको कम्पनीभन्दा अन्य कम्पनीको रकम बढी भए पनि यो कम्पनी प्राविधिक रूपमा योग्य देखिएकाले छनोट गरेका छौं’, महानिर्देशक श्रेष्ठले भने।

विभागका अनुसार इम्बोस नम्बर प्लेट जडान हुने सवारीसाधनका धनी आफैले लागत खर्च व्यहोर्नु पर्नेछ । टेन्डर भरेका कम्पनीको अंकको आधारमा विभागले उक्त रकम सवारी धनीबाट असुल गर्नेछ।

विद्युतीय तथा विशेष प्रविधिको सहयोगमा धातुको प्लेटमा अक्षर बाहिर उठ्ने गरी लेखिएको नम्बर प्लेटलाई इम्बोस नम्बर प्लेट भनिन्छ। यो प्लेटमा लोगो पनि अंकित हुनेछ। सरकारले तयार पार्ने खाकाको आधारमा टेन्डर पाएको कम्पनीले नम्बर प्लेट तयार गर्नेछ।

प्लेटको बीचमा माथि पर्ने गरी अञ्चलको नाम लेखिन्छ भने प्लेटको अर्को कुनातर्फ लेजर प्रिन्टरबाट सात अंक भएको गोप्य नम्बरसहितको चीप जडान गरिएको हुन्छ । प्लेटको ठीक पछाडि बार कोड पनि उल्लेख गरिनेछ।

एक पटकका लागि यो नम्बर प्लेट जडान भएपछि पुनःयसलाई निकाल्न मिल्दैन्। यसले गर्दा सवारीसाधनको चोरी हुने घटनामा पनि क्रमिक सुधार हुँदै जान्छ।

यस्ता प्लेटमा रेडियो फ्रिक्वेन्सी इन्फरमेसन डिभाइस (आईएफआईडी) जडान गरिएको हुन्छ। सवारीसाधनमा एम्बोस नम्बर प्लेट प्रणाली कार्यान्वयनका लागि आरएफआईडी स्टेसन आवश्यक पर्ने भएकाले उपत्यका भित्रिने पाँचवटा नाकामा र उपत्यका बाहिर आरएफआईडी स्टेसन पनि स्थापना गरिनेछ।

यस्ता डिभाइसको आधारमा सवारीसाधन कुन अवस्थामा कुन स्थानमा छ । ती सवारीसाधनले तिर्नुपर्ने सम्पूर्ण राजस्व सरकारलाई तिरेको छ वा छैन। सवारीसाधन चोरिएको छ भने कुन स्थानमा छलगायतका सम्पूर्ण जानकारी विभाग र ट्राफिक कार्यालयले एक स्थानमा बसेर नियमन गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.