बेलायतमा दोस्रो जनमतसंग्रहको माग

बेलायतमा दोस्रो जनमतसंग्रहको माग

लन्डन: करिब १५ लाख बेलायती नागरिकले शनिबार हस्ताक्षर गरी बेलायत इयुमा रहने वा नरहने सम्बन्धमा पुन: दोस्रो जनमतसंग्रह गरिनुपर्ने माग राखी प्रदर्शन गरेका छन्। उनीहरूले यसका लागि अजलाइनमार्फत नयाँ अभियान पनि चलाएका छन्।

बेलायत इयुमा रहनुपर्ने भन्ने पक्षधर बेलायती नागरिकले अनलाइन निवेदनमार्फत यदि बेलायत इयुमा रहिरहनुपर्ने वा छुट्टिनुपर्ने मत जम्मा खसेको ७५ प्रतिशत मतका आधारमा ६० प्रतिशतभन्दा कम भएमा अर्को जनमतसंग्रह गरिनुपर्ने भन्ने नियम कार्यान्वयन गर्न बेलायतको सरकारलाई आवेदन गरेका छन्।

शनिबार १५ लाख ५४ हजार नागरिकले हस्ताक्षर गरेको बताइएको छ। बेलायती हाउस अफ कमन्सको वेभसाइटमार्फत शनिबार निकैले आवेदा गरेका छन्। प्रयोगकर्ताको अत्यधिक संख्याका कारण वेभसाइटलाई अस्थायी रूपमा बन्द गरिएको बेलायती हाउस अफ कमन्सकी प्रवक्ताले बताएकी छन्।

बेलायतको संसदीय सुनुवाइ समितिले यस्तो निवेदनलाई मान्यता दिने वा नदिने सम्बन्धमा मंगलबारको संसद् बैठकमा छलफल हुने बताएको छ। यसै प्रसंगमा स्ट्रयाकलाइडका प्राध्यापकले दुईवटा काल्पनिक विषयलाई प्रस्तुत गर्दै दोस्रो जनमतसंग्रह गर्न सकिने बताएका छन्।

उनले भने, ‘यदि बोसिस जोनसनले सरकार चलाएका छन् र यसलाई कार्यान्वयन गर्न लामो अर्थात् दुई वर्षको समय लाग्छ भने दोस्रो जनमतसंग्रह गर्न सकिने र जनमत इयुमा रहने गरी आएमा पछिल्लो जनमतलाई मान्न सकिने छ। तर प्रतिपक्षी दलले आम निर्वाचनमा जनमतसंग्रह आह्वान गर्ने मताधिकार प्राप्त गर्नुपर्ने हुन्छ।'बेलायतबाट प्रकाशित हुने ‘सन्डे टाइम्स' ले दोस्रो जनमतसंग्रहको परिकल्पनालाई छलफलमा ल्याएको थियो।

यो पनि पढ्नुहोस्
बेलायत विभाजनको मुखमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.