धुर्मुस सुन्तली फाउन्डेसनलाई मिटिङ प्वाइन्टको सहयोग
काठमाडौं: मिटिङ प्वाइन्ट प्रालि लाजिम्पाटले धुर्मुस सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ।
धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरानचौरमा ६५ परिवार भूकम्पपीडितका लागि बनाउन लागेको एकीकृत बस्ती निर्माणका लागि मिटिङ प्वाइन्टले उक्त रकम सहयोग गरेको हो।
एक सर्ट मुभीको छायांकनका क्रममा फर्पिङ पुगेका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई छायांकन स्थलमै पुगेर मिटिङ प्वाइन्टका प्रबन्ध निर्देक सुरेश सिम्खडा तथा निर्देशक विनय खकुरालले सहयोग रकम हस्तान्तरण गरेका छन्।
सहयोग रकम बुझ्दै कट्टेलले मिटिङ प्वाइन्टको सहयोगप्रति आभार व्यक्त गरेको कम्पनीले जनाएको छ।
धुर्मुस सुन्तली फाउन्डेसनले गरेको कार्यले सामाजसेवाको मूल्य र मर्मलाई नै विशेष र अर्थपूर्ण बनाएको बताउँदै सिम्खडाले गिरानचौर बस्ती निर्माणमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।
मिटिङ प्वाइन्टका निर्देशक विनय खकुर्यालले सञ्चार व्यवसायमा सक्रिय मिटिङ प्वाइन्ट प्रालिले सामाजिक उत्तरदायित्वलाई विशेष महत्व दिँदै जाने बताएका छन्।