नेपाल-बैंकक फेस्टिवल हुने

नेपाल-बैंकक फेस्टिवल हुने

काठमाडौं: नेपाल र थाइल्यान्डबीचको सम्बन्ध अझ विस्तार गर्ने लक्ष्यका साथ आगामी असोज १४ गते देखि १८ गतेसम्म राजधानी काठमाडौंमा नेपाल-बैंकक फेस्टिवलको आयोजना हुने भएको छ।

फेस्टिवल सियाम लन्चंग बैंककको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ। नेपाल-बैंकक फेस्टिवल २०१६ मा नेपाल र बैंककका गरी एक सय ५० भन्दा बढी व्यावसायिक प्रतिष्ठानको सहभागिता रहने आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत भुट्टी भुट्टीसेन्टले काठमाडौंमा हुन लागेको फेस्टिवलबाट दुई देशबीच व्यावसायिक सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले यस फेस्टिवलले दुई मुलुकबीच अहिले कायम रहेको व्यावसायिक सम्बन्ध विस्तार गर्दै नेपालमा थाइल्यान्डको लगानी भित्र्याउन पनि टेवा पुर्‍याउने बताए।

फेस्टिवलमा विभिन्न विधाका उत्पादन तयारी पोसाक, प्लास्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्री आकर्षणको रूपमा रहनेछन्।

यसैगरी हस्तकलाका उत्पादन, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटनसम्बन्धी वस्तु तथा सेवा एक्स्पोमा रहने आयोजकले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.