सर्भिस सेन्टर विस्तार गर्दै महिन्द्रा
काठमाडौं: महिन्द्रा गाडीको आधिकारीक सर्भिस सेन्टर बालाजु अटोवक्र्सले आधिकारिक सर्भिस सेन्टर प्रनाम अटोमोबाइल प्रालि सञ्चालनमा ल्याएको छ।
उक्त सर्भिस सेन्टरको उद्घाटन बिहीबार अग्नि ग्रुपका प्रवन्ध निर्देशक क्याबिनट श्रेष्ठ र कम्पनीका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गरे। यो सर्भिस सेन्टर सीतापाइलाको बाफलमा रहेको छ।
ग्राहकलाई सहज होस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको सर्भिस सेन्टरमा सातै दिन, २४सै घन्टा सर्भिस उपलब्ध रहने कम्पनीले जनाएको छ।
आधुनिक प्रविधिद्वारा गाडीको चेक जाँच तथा मर्मत गरिने उक्त सर्भिस सेन्टरमा आधुनिक मेसिनद्वारा गाडी वास गर्ने र सफा गरिने सुविधासमेत रहेको कम्पनीले जानकारी गराएको छ।