युरोकपसँगै एलजी, सीजी र टीसीएलका टीभीको माग बढ्दो
काठमाडौं: जारी युरो कप फुटबलले गर्दा बजारमा एलजी, सीजी र टीसीएलका ब्रान्डका टीभीको माग बढेको छ।
सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा यी टीभी बिक्री गरिरहेको छ।
कम्पनीका अनुसार विशेष गरी एलजी, सीजी र टीसीएलका ठूला एलईडी टीभीमा माग बढेको हो, जसमा एलजीको ६० इन्च र ६५ इन्च, टीसीएल ब्रान्डको ४९ इन्च र सीजीका ५५ इन्चका टीभीको बजार बढेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उत्कृष्ट प्रविधि र प्रयोगका लागि सहज भएकाले पनि बजारमा यी ब्रान्डका टीभीको माग बढेको हो।