उपाधि भिडन्तमा अर्जेन्टिना र चिली १० खेलाडीमा झरे
काठमाडौंः कोपा अमेरिकाको सयौं संस्करणको उपाधि भिडन्तको खेलको पहिलो हाफ तनावपूर्ण रह्यो । न्यू जर्सीको मेट लाइफ स्टेडियममा भइरहेको प्रतिस्पर्धात्मक खेलमा शुरुमा चिलीका खेलाडीले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडे ।
खेलको १६ औं मिनेटमा चिलीको डी बक्स नजिकै लियोनेल मेसीलाई लडाएपछि पहिलो पहेँलो कार्ड खाएका चिलीका डियाजले २८ औं पनि मेसीलाई नै लडाएपछि रातोकार्ड खाँदै मैदान छाडे ।
त्यसपछि २१ औं मिनेटमाा चिलीका गोल किपर बिट भइसकेको अवस्थामा अर्जेन्टिनाका गोन्जालो हिग्वाइनले पाएको उत्कृष्ट मौका चुकाए ।
पहिलो हाफका अन्तिम समय अर्थात ४२ औं मिनेटमा चिलीका भिदाललाई लडाएको भन्दै अर्जेन्टिनाका मार्कोस रोजोलाई रेफ्री हेबर रोबर्टो लोपेजले सिधै रेड कार्ड देखाउँदै मैदान पठाए ।
त्यसअघि ३७ औं मिनेटमा अर्जेन्टिनाका जाभिएर मास्चेरानोले एलो कार्ड पाए । त्यसपछि चिलीका अट्र्युरो भिदालले एलो कार्ड पाएको खेलमा मेसीले पनि एलो कार्ड पाए । ४० औं मिनेटमा चिलीको डी बक्समा फल नभइ डाइभ गरेको भन्दै मेसीलाई एलो कार्ड देखाइएको हो ।
सेमिफाइनलमा कोलम्बियालाई सजिलै हराएको चिली र अमेरिकालाई सजिलै हराएको अमेरिकाबीचको फाइनल खेल तनावपूर्ण बनेको हो ।
गत संस्करणको विजेता र उपविजेता अर्जेन्टिनाले पहिलो हाफमा गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा १० खेलाडीमा यी दुई टीम मैदान उत्रेका छन् ।