उडिरहेको जहाजमा लाग्यो आगो

उडिरहेको जहाजमा लाग्यो आगो

सिंगापुर: यहाँको चाङ्गी एयरपोर्टमा सोमवार बिहान सिंगापुर एयरलाइन्सको एक प्लेनमा अचानक आगो लाग्यो । बोइक ७७७-३०० ईआर प्लेन इटाली उड्नै लागेका बेला आगो लागेको हो ।

एयरलाइन्स कम्पनीले जनाएअनुसार तत्काल उद्धार गरिएकाले कोही यात्रु घाइते नभएको जनाएको छ ।

अर्कातिर एक यात्रुले भने, 'हामी बाँच्न त बाँच्यौ तर मृत्यु एकदमै नजिक छ । प्लेनमा २२२ जना यात्रु र १९ जना चालक दलका सदस्य थिए ।

जानकारीका अनुसार यो बोइङ्ग एयरक्राफ्ट सिंगापुरबाट मिलान गइसकेको थियो । तर इन्जन आयलसँग जोडिएको खराबी पत्ता लागेपछि जहाजलाई तत्कालै फर्कन भनिएको थियो ।

एयरलाइन्स कम्पनीले पनि यो घटनाको पुष्टि गरेको छ।कम्पनीका अनुसार जहाज जब सिंगापुरबाट उडेर इटालीका लागि प्रस्थान गरेको एक घन्टा ४५ मिनेटपछि फर्काइएको थियो ।

 

आपतकालिन सेवाका कर्मचारीले तत्कालै यात्रुलाई भर्‍याङ लगाएर झारेका थिए । एयरलाइन्सका अनुसार यो जहाजका यात्रुलाई अर्को जहाजबाट इटालीको मिलान पठाइयो ।

सिंगापुर एयरलाइन्सका एक प्रवक्ताले भने, 'जहाजले एक घन्टा ४५ मिनेटको मिनेटको उडान गरिसकेको थियो । आगो लागेपछि हामीले फर्किन भन्यौं ।

अन्तिम पाँच मिनेट जहाज र यात्रुकालागि धेरै खतरानक थियो । जहाज अवतरण भएपछि आपतकालिन सेवाका कर्मचारीले पानी हालेर आगो निभाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.