'भूकम्पपीडितलाई चाहेर पनि एकमुष्ट रकम दिन सकिँदैन'

'भूकम्पपीडितलाई चाहेर पनि एकमुष्ट रकम दिन सकिँदैन'

चितवन: उपप्रधान तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले प्रतिपक्षले माग गरेअनुसार भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन नसकिने बताएका छन्।

मन्त्रालय मातहतका योजना अनुगमन गर्न चितवन आइपुगेका मन्त्री मैनालीले पत्रकारहरुसँग कुराकानी गर्दै सरकारले आन्तरिक कोषबाट रकम दिने भन्दा पनि दातृ निकायको रकम प्रभावितलाई दिने भएकाले दातृ निकाय एकमुष्ट राहत रकम दिन मान्ने स्थिति नरहेको बताए।

भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिँदा आवास बन्न नसक्ने देखिएकाले पनि किस्तामा रकम दिनु प्रभावकारी हुने उनको तर्क छ। अझै पनि विभिन्न कठिनाइका कारण भूकम्प प्रभावितले राहत पाउन नसकेको उनले स्वीकार गरे।

नेकपा (माले)का महासचिवसमेत रहेका मन्त्री मैनालीले कार्यविधि फेरबदल गरेर भए पनि रकम बढाउन सकिने भए पनि सरकारले चाहेर मात्रै पनि एकमुष्ट रकम दिन नसकिने बताए।

भूकम्प प्रभावितको नाममा राजनीति भएको भन्ने एक प्रश्नमा उनले त्यस्तो भएको भए छानबिन गर्न उपयुक्त बताए। चौध जिल्लाका मात्रै नभएर सबै जिल्लाका भूकम्प प्रभावितलाई राहत दिन सरकार तयार रहेको उनको भनाइ थियो। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.