संसद बैठक साँझ पाँच बजे
![संसद बैठक साँझ पाँच बजे](https://annapurnapost.prixacdn.net/media/albums/577227f3cb58a2.56383193_mZvaIetmgb.jpg)
काठमाडौँ: मंगलबार दिउँसो ३:३० बजेका लागि तोकिएको व्यवस्थापिका-संसद्को बैठक साँझ ५ बजेका लागि सारिएको छ ।
३:३० बजेका लागि बोलाइएको बैठक विशेष कारणवश सारिएको व्यवस्थापिका-संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।
भूकम्पपीडितलाई एकमुष्ट राहत नदिई सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनको कारबाही अवरुद्ध पार्दै आएको छ ।
विगत चार दिनदेखि अवरुद्ध हुँदै आएको सदनको कारबाही खुलाउने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता सम्मिलित कार्यदल गठन गरिएको थियो ।
सोमबार गठित कार्यदलले सामान्य छलफल गरेको भए पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन ।
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले मध्यमार्गी उपाय खोज्ने तयारी रहेको बताइन्छ । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)