पोखरा विश्वविद्यालयमा परीक्षा अवरुद्ध

पोखरा विश्वविद्यालयमा परीक्षा अवरुद्ध

पोखराः फेल भएको विषयको जाँच दिँदा थप शुल्क तिर्नुपरेको भन्दै विद्यार्थी आन्दोलित हुँदा पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मंगलबार परीक्षा हुन सकेन ।

स्कुल अफ इन्जिनियरिङका विद्यार्थीले ब्याक विषयमा फी नतिर्ने भन्दै आन्दोलन गर्दा मंगलबार बीबीए तेस्रो सेमेस्टरको परीक्षामा अवरोध भएको छ ।
आफूहरुको परीक्षा बुधबारबाट भए पनि इन्जिनियरिङका विद्यार्थीले मंगलबारको परीक्षामा पनि अवरोध पुर्याएका हुन् ।

परीक्षा चल्न नदिन विहानैदेखि क्याम्पस गेटमा धर्ना बसेका विद्यार्थीको प्रहरीसँग झडपसमेत भएको छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् भने केहीलाई प्रहरीले पक्रेको छ ।

स्कुल अफ इन्जिनियरिङका विद्यार्थी आशीष दनाईंका अनुसार विश्वविद्यालयले पहिलापहिला ब्याक लागेको विषयको जाँच दिन परीक्षा शुल्कमात्रै लिन्थ्यो । यसपालि भने प्रति विषय छुट्टै ३ सय रुपैयाँ पनि लिन थालेको हुँदा विद्यार्थी आन्दोलित भएका हुन् ।

‘परीक्षा फर्म भरिसकेपछि सूचना निकालेर शुल्क तिर्नुपर्छ भनेकाले हामी आन्दोलित हुनुपरेको हो’, दनाईंले अन्नपूर्णसँग भने, ‘एक त पहिला नलिने गरिएको शुल्क लिन थालिएको छ भने अर्काेतिर बेलामा सूचना पनि दिइएको छैन ।’

पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङमा सातौं सेमेस्टरको परीक्षा भने बुधबारबाट सुरु हुँदैछ । विद्यार्थीहरुले भने गएका ४÷५ दिनदेखि नै ब्याक लागेको विषयमा शुल्क लिन नपाइने भन्दै आन्दोलन गर्दै आएका थिए ।

त्यही क्रममा आफूहरुको परीक्षा सुरु हुनुभन्दा अघिल्लो दिनै इन्जिनियरिङका विद्यार्थी मंगलबार पनि आन्दोलित हुँदा बिहान ७ बजे सुरु हुनुपर्ने बीबीएको परीक्षामा बाधा पुगेको हो ।

लेखनाथको ढुंगेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा परीक्षामा बाधा पुगे पनि देशभरका अरु कलेजमा भने सामान्य अवस्था रहेको बुझिएको छ ।

प्रवेशद्वारमै धर्ना बसेर बाटो छेकेका विद्यार्थी हटाउन पुगेको प्रहरीले छात्राहरुमाथि दुव्र्यवहार गरेको आरोप पनि विद्यार्थीले लगाएका छन् । अहिले भने विद्यार्थी र विश्वविद्यालयको व्यवस्थापन पक्षबीच वार्ता चलिरहेको जानकारी डाँडाको नाक प्रहरी चौकी लेखनाथका इन्चार्ज मित्रबहादुर आचार्यले दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.