नेपालका उपप्रधानमन्त्री भन्दा भारतीय राजदूत ठूला ?

नेपालका उपप्रधानमन्त्री भन्दा भारतीय राजदूत ठूला ?

प्रेम आचार्य
अर्घाखाँचीः नेपालका उपप्रधानमन्त्री र भारतका राजदूतमा कसको मर्यादा माथि होला ? सर्वसाधारणले सजिलै सहसचिवस्तरका भारतीय राजदूत भन्दा नेपालकै उपप्रधानमन्त्री ठूला भन्ने उत्तर दिन्छन् ।

तर, अर्घाखाँचीमा उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको भन्दा भारतीय राजदूत रणजित रेलाई को मर्यादाक्रममा माथि राखेर शिलालेख बनाइएपछि विरोध शुरु भएको छ ।

भारतीय राजदुतावासको सहयोगमा निर्माण भएका जिल्लाका तीन विद्यालयका शिलालेखमा उपप्रम भन्दा राजदूतको नाम माथि राखिएपछि अनौठो विवाद शुरु भएको हो ।

अच्चमको कुरा उपप्रधानमन्त्री टोपबहादुर रायमाझी आफैँ कार्यक्रममा उपस्थित भएर विद्यालय भवन र शिलालेखको उद्घाटन गर्दा समेत कुनै प्रतिकिया जनाएका छैनन् ।

सन्धिखर्कको चुत्राबेँसी जनज्योती उच्च मावि, बागीको शान्ति उच्च माबि र अर्घाको अर्घा रजस्थल माविमा निर्माण भएका भवनहरुको शिलालेख राजदूत रेलाई माथि र उपप्रधानमन्त्री रायमाझीलाई तल राखेर निर्माण गरिएपछि विद्यार्थीहरुले कालो पोतिदिएका छन् ।

कार्यक्रममा उपप्रधान मन्त्री टोपबहादुर रायमाझी र भातीय राजदूत  रे मात्र थिएनन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम र जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुली लगायतका सरकारी कार्यलयका कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

सरकारी कार्यलयका प्रमुख मात्र नभइ नेपाली कांग्रेसका सभापति बिष्णु खनाल मुस्कान, एमालेका कार्यवाहक अध्यक्ष जीबनारायण कोइराला, माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर बिक र राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल लगायतका राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित कसैले पनि आफ्नै देसका उपप्रधानमन्त्रीको मर्यादाबारेमा  प्रश्न उठाउन सकेनन् । राजदूत र उपप्रधानमन्त्रीसँगै सबै कार्यक्रममा हिँडे । तर मर्यादाको विषय कसैले उठाएनन् ।

अहिले जिल्लामा यही बिषयले चर्चा पाएको छ । जनज्योती उच्च माविका विद्यार्थीले गाएको स्वागत गीत भारतपरस्त भयो भनेर भन्नेहरुले पनि उपप्रधानमन्त्रीको मर्यादाको बारेमा बोलेनन् ।

शनिबार बागीको शान्ति उच्च मावि र आइतबार सन्धिखर्कको जनज्योति उच्च माबि र अर्घाको अर्घा रजस्थल माविको भवन शिलान्यास भएको थियो ।

उपप्रधान मन्त्रीको मर्यादा विपरित भएको भनेर विद्यार्थी संगठनहरुले जनज्योति उच्च माविमा निर्माण भएको भवन शिलालेखमा कालोपोतिएको नेबिसंघका जिल्ला अध्यक्ष युबराज पाण्डेले बताए ।

जिल्लामा कृयाशिल विद्यार्थी संगठनहरु नेविसंघ, अखिल, अखिल क्रान्तीकारी, अखिल छैटौँ र अखिल (विपल्प) समूहले विद्यालयमा तालाबन्दी गरस् कालो पोतेका हुन ।

विद्यार्थी संगठनले तत्काल शिलालेख सच्चाउन माग गरेको अखिलका जिल्ला अध्यक्ष प्रदीप नेपालीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.