‘भारतसँगको सम्बन्ध सुध्रिसक्यो, नकारात्मक नबनौं’

‘भारतसँगको सम्बन्ध सुध्रिसक्यो, नकारात्मक नबनौं’

काठमाडौँः भारतका लागि निवर्तमान नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि दुई देशबीचको सम्बन्ध सामान्य बन्दै गएको बताएका छन ।

‘भारतले नेपाललाई प्राथमिकता दिएको छ । एकै वर्ष दुई पटक प्रधानमन्त्री नरेन्द्र मोदी र पाँच पटक विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भइसकेको छ’, रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा उनले भने, ‘प्रशासनिक संयन्त्रहरुको बैठक पनि नियमित भइरहेको छ । दुई देशको प्रबुद्ध समूहको बैठक पनि बस्दैछ । अब नकारात्मक टिप्पणी गर्नुहुँदैन । ‘नन ईस्यू’ लाई इस्यू’ बनाएर अल्झनु हुँदैन ।’

साक्षात्कारमा उपाध्यायले नेपाल र भारतले छिमेकी बदल्न नसक्ने भएकोले सम्बन्ध राम्रो बनाएर अघि बढ्नुको विकल्प नभएको तर्क गर्दै अब नेपालले दुई छिमेकीहरुको विश्वास लिएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

‘सन्तुतिलरुपमा दुई छिमेकीसँग सम्बन्धलाई अगाडि बढाए नेपाललाई फाइदा छ । नेपाल र भारतको सम्बन्ध सुध्रिँदै छ’, उनले भने, ‘अब नेपालले सबै दलको सहमतिमा छिटो परराष्ट्र नीति बनाएर अघि बढ्नु पर्छ ।’

उपाध्यायले चीनले समेत नेपालको आर्थिक विकास र आपूर्तिका लागि भारतमै भर पर्नुपर्ने भएकोले दुई देशको सम्बन्ध राम्रो हुनुपर्नेमा जोड दिँदै आएको उल्लेख गरे । नेपाल–भारत सम्बन्धमा एक अर्कासँग गर्व गर्न सक्नुपर्ने भएकोले यसमा शंका गर्नु आफैँलाई शंका गर्नुजस्तो हुने तर्क गरे ।

 

उनले रीतिरिवाज, संस्कृति, धर्म र सामाजिक सम्बन्धले दुई मुलुक बाँधिएकाले अलग हुनै नसक्ने भन्दै अब नेपालले आन्तरिक राजनीति मिलाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

उपाध्यायले संविधान जारी गर्ने बेलामै आफूले सबैलाई समेटेर जाऊँ भन्दा नभए पनि अहिले पनि सच्याउने ठाँउ रहेकोले आफ्नो आन्तरिक राजनीति मिलाउनेतर्फ लाग्नुपर्ने भन्दै बताउँदै अरुलाई दोष दिएर उन्मुक्ति पाउनसक्ने अवस्था नरहेको बताए ।

‘संविधानको कार्यान्वयनमा अहिले चुनौती छ । यो संसदको अवधिभित्रै अर्को चुनाव गर्न नसके मुलुक भयंकर रिक्ततामा फस्छ’, उनले भने, ‘मुलुक अप्ठ्यारो स्थितिमा पुग्छ । हामी संकट उन्मुख छौँ । त्यसैले कमजोरी सच्याउनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.