कांग्रेसलाई फकाउन शीर्ष बैठक, प्रधानमन्त्री बाहिरिए

कांग्रेसलाई फकाउन शीर्ष बैठक, प्रधानमन्त्री बाहिरिए

काठमाडौंः भूकम्पपीडितहरुलाई एकमुष्ट दुई लाख दिनुपर्ने कांग्रेसको मागबारे छलफल गर्न अहिले संसद् भवन नयाँ बानेश्वरमा बैठक जारी छ ।

साँझ पाँच बजेदेखि बसेको बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली भने बाहिरिएका छन् ।

प्रधानमन्त्रीले बैठकमा भूकम्पपीडितलाई तत्काल दुई लाख दिन नसकिने बताउँदै दिनका लागि पनि विश्व बैंकसँगको सम्झौता र कार्यविधि नै परिमार्जित गर्नुपर्ने बताएका थिए ।

कांग्रेस नेता प्रकाशशरण महतका अनुसार प्रमले पहिले घर बनाइसकेका भूकम्पपीडितलाई अनुदान दिएर मात्रै अन्यलाई दिनुपर्ने कुरा बैठकमा राखेका जानकारी दिए ।

कांग्रेसले आफ्नै सरकारको पालामा विश्व बैंकसँग भएको सम्झौता मिचेरै भएपनि यही बजेटको सिलिङबाटै भूकम्पपीडितलाई एकमुष्ट दिनुपर्ने बताउँदै आएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले भने यही बजेटबाट भूकम्पपीडितलाई दुई लाख रुपैयाँ दिने हो भने बजेको पुरै सिलिङ बिग्रने भएको त्यसो गर्न सम्भव नरहेको बताउँदै आएका छन् ।

कांग्रेसले छुटेका भूकम्पपीडितलाई अनुमान सम्झौता गर्न योग्य बनाई यही बजेटको सिलिङबाट दुई लाख रुपैयाँ दिन माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ ।
लगातार बैठक अवरोध गरेपछि सत्तारुढ पक्षले कांग्रेसलाई फकाउने प्रयास गर्दा आज दिउँसो साढे ३ बजे र अपरान्ह साढे ५ बजेका लागि बोलाइएको संसद् बैठक पनि बस्न सकेन । संसद् बैठक पनि भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

संसद् भवनमा अहिले जारी बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला प्रचण्ड, उपप्रधानमन्त्री भीम रावल, कांग्रेस नेता प्रकाशशरण महत, एमाले नेता सुवास नेम्बाङ्ग र नेकपा माओावदी केन्द्रका कृष्णबहादुर महरा सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.