टर्कीको विमानस्थलमा सांघातिक हमला, ३६ को मृत्यु

टर्कीको विमानस्थलमा सांघातिक हमला, ३६ को मृत्यु

एजेन्सी: टर्कीको अतातुर्क अन्तराष्ट्रिय विमानस्थलमा सांघातिक हमला भएको छ। उक्त हमलामा करीब ३६ जना मारिएको बीबीसीले जनाएको छ। बन्दुक र बमले गरिएको सांघातिक हमलामा १ सय ४० बढी घाइते भएका छन्।

तीन जना आक्रमणकारीहरुले विमानस्थलको टर्मनल नजिकै विस्फोट गराएका थिए। उनीहरुले सुरक्षार्थ खटिएका प्रहरीमाथि पनि आक्रमण गरेका थिए।

आक्रमण भएपछि अतातुर्क अन्तराष्ट्रिय विमानस्थल बन्द गरिएको छ। आक्रमणको त्यहाका प्रधानमन्त्री बिनाली यिलदिरिमले यो घटनामा तथाकथित इस्लामिक स्टेटको हात रहेको बताएका छन्।

आक्रमणको जिम्मा कसैले नलिए पनि आइएस वा कुर्दिस भूमिगत समूहमाथि आशंका गरिएको छ। आक्रमणमा परि घाइते भएकाहरुलाई अस्पतालमा पुर्याइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.