टर्कीको आक्रमणमा मुस्किलले बाँचे ऋतिक रोशन
काठमाडौं: टर्कीको इस्तान्बुल अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसबाट भएको आतंकवादी हमलामा बलिउड अभिनेता ऋतिक रोशन मुस्किलले बाँचेका छन् ।
हमलाको केही समयअघिसम्म इस्तानबुल विमानस्थलमै रहेका ऋतिक त्यहाँबाट निस्कनेबित्तिकै आक्रमण भएको थियो । यो कुराको जानकारी उनी स्वयमले ट्वीट गर्दै दिएका छन् ।
ऋतिक रोशनले जुन समयमा इस्तान्बुल एयरपोर्टमा तीन आत्मघाती हमला भएको थियो, त्यो समयभन्दा केही मिनेटअघिसम्म आफू त्यहीँ रहेको बताएका हुन् ।
ऋतिक छुट्टी मनाउनका लागि इस्तान्बुल पुगेका थिए । ऋतिक आफ्ना छोरा रेहान र रिधानसँग स्पेन र अफ्रिकामा छुट्टी मनाउन गएका थिए । छुट्टी मनाएर उनी इस्तान्बुल एयरपोर्टबाट भारत आउने जहाजमा चढेको केही मिनेटमा त्यहाँ आक्रमण भएको थियो ।
Ws helped by d kindest staff at Istanbul arport hours ago. Shocking news. Innocents killed 4 religion.V must stand united against terrorism.
— Hrithik Roshan (@iHrithik) June 29, 2016