छोरी बलात्कार गर्नेलाई २३ वर्ष जेल
विराटनगरः आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको घटनामा संलग्न मोरङ कोशीहरैंचाका एकजनालाई २३ वर्ष जेल सजाय सुनाइएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश विनोदमोहन आचार्यको इजलासले हाडनाता करणी मुद्दामा बाबुलाई २३ वर्ष कैदको फैसला सुनाएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले बताए ।
प्रहरीका अनुसार जेल सजाय सुनाइएका बाबुले २०७१ साल चैत २८ गते आफ्नी सात वर्षीया छोरीलाई करणी गरेका थिए ।
छोरीलाई पटक पटक बुबाले नै करणी गरेको कुरा आफन्तलाई बताएपछि घटना बाहिर आएको थियो ।