चट्याङले दुई किशोरको मृत्यु, वृद्धा गम्भीर
रौतहटः बिहीबार राति परेको चट्याङ लागेर घरैमा बसिरहेका दुई किशोरको ज्यान गएको छ ।
जिल्लाको इनरुवा गाविस–४ मा परेको चट्याङ लागेर खाना खाएपछि घरै छेउमा बसिरेका १३ वर्षीय सरोज महतो र १५ वर्षीय रामसागर महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।
चट्याङले लागेर घरैमा रहेकी ५५ वर्षीया कान्ति देबी पनि गम्भीर घाइते भएकी छन् । मृतकहरुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।