अब प्रहरीको तलब बाणिज्य बैंकमा

अब प्रहरीको तलब बाणिज्य बैंकमा

काठमाडौं: अब सबै प्रहरी कर्मचारीको तलब राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरिने भएको छ।

यस अघि विभिन्न बैंकमा र नगदमै तलबको कारोबार हुँदै आएकोमा अब व्यवस्थित गर्न बाणिज्य बैंकमार्फत तलबको कारोबार हुने प्रहरी मुख्यालयले जनाएको छ।

बिहिबार प्रहरी मुख्यालय र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी खाता खोल्ने समझादारी भएको छ।प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र प्रहरीको प्रशासन विभागका प्रमुख एआईजी रमेश शेखर बज्राचार्यबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारी पत्रमा शुन्य मौजादमा खोल्ने, जुनसुकै जिल्लाबाट खोलेको खातामा जुनसुकै स्थानबाट कारोबार गर्न र बन्द गर्न सकिने, सेवानिवृत्तसम्म खाता संचालन गर्न सकिने, बचत खातामा मौज्दात रहेको दुई लाखसम्मको निक्षेप बिमा हुने, दुर्घटनाका कारण खातावालाको मृत्यु भएमा एक लाखसम्म बिमा उपलब्ध हुने लगायतका बुँदाहरु समेटिएको छ।

 

 

यो सुविधा ६१ जिल्लामा तत्काल लागू गर्ने र अन्यमा क्रमश शाखा बिस्तार भएपछि लागू गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ।समझदारी पछि बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले गुणस्तरीय, छिटो, छरितो सेवा पुर्‍याउने र शैक्षिक तथा पारिवारिक कर्जा समेत प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

प्रहरी महानिरिक्षक अर्यालले नेपाल सरकारले स्वामित्व ग्रहण गरेको र बढी भौगोलिक क्षेत्र समेटेको पुरानो बैँकसँग सम्पूर्ण प्रहरी कर्मचारी र उनीहरुको परिवारसमेत जोडिएको बताउँदै यसबाट प्रहरी कर्मचारीहरुको बचत गर्ने बानीमासमेत विकास हुने दावी गरेका थिए।

प्रशासन विभागका एआईजी बज्राचार्यले ६१ जिल्लाका प्रहरी कर्मचारीलाई बैंक खाता खोल्न सर्कुलर गर्ने र सबैले खोलेपछि तलब राखिदिने बताए।उनले भने,' विभिन्न बैंकमा राख्दा कहिले काहि त एउटै व्यक्तिको तलब दुई पटक सम्म जाने गरेको, डाईरेक्ट क्यास दिंदा दुर्गममा पैसा पठाउँंदा उत्तिकै जोखिम पनि थियो, अब एकद्धार प्रणाली अनुसार एउटै बैंकमा राख्दा धेरै सजिलो र व्यवस्थित हुन्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.