'गुन्डा नाइके' दीपक मनाङ्गे ठमेलबाट पक्राउ

'गुन्डा नाइके' दीपक मनाङ्गे ठमेलबाट पक्राउ

काठमाडौंः प्रहरीले चर्चित 'गुन्डा नाइके' दीपक मनाङ्गेलाई बिहीबार राति एकजना सहयोगीसहित ठमेलबाट पक्राउ गरेको छ ।

व्यापारीहरु र सर्वसाधरणलाई धम्की दिँदै रकम असुलेको गुनासो पटक पटक आएपछि मनाङ्गेलाई उनका सहयोगी राजनकुमार सिंहसहित पक्रेर हिरासतमा लिएको हो ।

‘मनाङ्गेलाई हामीले ठमेलबाट निसशस्त्र अवस्था पक्राउ गरेका हौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपपी विक्रमसिंह थापाले अन्नपूर्ण अनलाइनसँग भने, ‘गुन्डागर्दीलाई पूर्णरुपमा निस्तेज गर्ने अभियानका क्रममा उनलाई पक्रेका हौं ।’

एसएसपी थापाले मनाङ्गेविरुद्ध धम्की दिएर रकम असुलेको उजुरी परिसरमा परेपछि पक्राउ परेको बताएपनि कसलाई धम्क्याएर कति रकम असुलेको भन्ने खुलाउन चाहेनन् ।

‘गुन्डागर्दी गरेर धम्की दिँदै आमजनतालाई त्रसित पारेको गुनासो आएपछि हिरासतमा लिएका हौं’, एसएपी थापाले भने, ‘अपराधमा संलग्न अन्य गुन्डालाई प्रमाणका आधारमा पक्राउ गर्छौं । काठमाडौंलाई गुन्डा निषेधित क्षेत्र बनाउने यो एउटा प्रयास हो ।’

अकुत सम्पति कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा परेपछि मनाङ्गे पछिल्लो समय निष्कृय रहँदै आएका थिए । उनले ठमेलको रात्रिकालिन व्यवसायमा बलियो पकड जमाएर गुन्डागर्दीको आडमा अकुत सम्पति कमाएको अभियोग लागेको छ ।

प्रहरीले यसअघि गुन्डागर्दी गरेको अभियोगमा कालिमाटी र कलंकीक्षेत्रका व्यवसायीसँग रकम असुेको अभियोगमा बाफलमा बस्दै आएका जसवन्त राईलाई पक्राउ गरेको थियो ।

उनलाई काठमाडौंको बिजुली बजारमा पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका थिए ।

यो पनि

प्रहरीबाट बिजुली बजारमा ‘गुन्डा’ माथि गोली प्रहार


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.